ad ad

कारोबार


नेवानिलाई कम भिजिबिलिटीमा पनि अवतरण गर्ने अनुमति

नेवानिलाई कम भिजिबिलिटीमा पनि अवतरण गर्ने अनुमति

नेपालखबर
पुस ६, २०७६ आइतबार १०:५५,

नेपाल नागरिक उड्डयन प्राधिकरणले नेपाल वायुसेवा निगमलाई ए३२० उडान विशिष्टीकरण मापदण्ड क्याटागोरी २ प्रमाणीकरण तथा 'ए३२० रिडुज्ड नेभिगेसन पर्फरमेन्स अथोराइज्ड रिक्वायर्ड अपरेसन'को अन्तरिम 'अथोराइजेसन' अर्थात् यससम्बन्धी अधिकार प्रदान गरेको छ।

आइतबार विज्ञप्ति जारी गर्दै सहप्रवक्ता सुलेख मिश्रले निगमले यस्तो अनुमति प्राप्त गरेको बताएका हुन्। यसले निगमको उडान आधुनिकीकरण योजनालाई सघाउने र निगमको उड्डयन सुरक्षालाई थप सुनिश्चित गर्ने निगमका सहप्रवक्ता मिश्रले जानकारी दिए।

‘नेपाल वायुसेवा निगमद्वारा सञ्चालित ए३२०/३३० को रिडुज्ड भर्टिकल सेपेरसन मिनिमा तथा इलेक्ट्रिक फ्लाइट ब्याग नागरिक उड्डयन प्राधिकरणबाट स्वीकृत भइसकेको छ’, विज्ञप्तिमा मिश्रले भनेका छन्, ‘हालै ए३२० को अपरेसन्स स्पेसिफिकेसनमा स्टाण्डर्ड क्याटोगोरी २ एप्रोभल तथा ए३२० रिडुज्ड नेभिगेसन पर्फमेन्श – एथोराईजेशन रिक्वायर्ड अपरेसन्सको इन्ट्रिम एथोराइजेसन पनि निगमलाई प्राप्त भएको छ।’

साधारणतया विमानहरु इन्ट्रुमेन्ट ल्याण्डिङ्ग सिस्टम क्याटोगोरीमा अवतरण गर्ने गर्दछन्। यसअनुसार जहाज अवतरण गर्नको लागि पाइलटले कम्तीमा २०० फिट माथि ग्राउण्ड लेभलमा ल्याण्ड गर्ने वा ‘गो एराउण्ड’ गर्ने निर्णय लिनुपर्ने हुन्छ र सोही आप्रोन गर्न ५५० मिटर भिजिबिलिटिको आवश्यकता पर्दछ। तर क्याट २ अथोराइजेसन प्राप्त गरेपछि निर्णय गर्ने उचाइ १०० फिटमा घट्ने मिश्रले बताए। उनका अनुसार यसले कम भिजिबिलिटीमा पनि जहाज अवतरण गर्न सक्ने क्षमता हुनेछ।’

माथि उल्लिखित प्राधिकरणको स्वीकृति हालसालै प्राप्त भएको हो। हुनाले काठमाडौंको हकमा आरएनपी–एआर तथा अन्य अन्तर्राष्ट्रिय उडानहरुमा क्याट२ आईएलएसको उपयोग गर्दै निगमको उडानहरु अझै बढी नियमित तथा समयमा नै सञ्चालन हुने उनको भनाइ छ। खराब मौसमको प्रभावबाट हुन सक्ने उडान रद्द होल्डिङ र डाइभर्सन जस्ता अप्ठयाराहरु न्यूनीकरण हुने भएका छन्।

यसैगरी निगमको ए३३० जहाजको क्याट२ तथा आरएनपी–एआर एप्रोभल पनि नेपाल नागरिक उड्डयन प्राधिकरणबाट स्वीकृति प्राप्त गर्ने प्रक्रिया अन्तिम चरणमा पुगेको निगमले जनाएको छ। यस प्रक्रिया निकट भविष्यमा नै सम्पन्न गरी ए३३० जहाजको उडानलाई समेत अझै नियमित र प्रभावकारी रुपमा सञ्चालन गर्ने योजनाअनुसार काम भइरहेको मिश्रले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .