ad ad

समाज


भारतले बनाइदियो एपीएफ स्कूलको छात्रावास

भारतले बनाइदियो एपीएफ स्कूलको छात्रावास

नेपालखबर
पुस ६, २०७६ आइतबार ११:८,

सशस्त्र प्रहरी बलको एपीएफ स्कूलको कीर्तिपुरस्थित नवनिर्मित छात्रावास भवनको आज उद्घाटन गरिएको छ।

काठमाडौंस्थित भारतीय राजदूतावासका नियोग उपप्रमुख डा अजयकुमारले सो भवनको उद्घाटन गरे। कार्यक्रममा प्रहरी बलका अतिरिक्त महानिरीक्षक रामशरण पौडेल, कीर्तिपुर नगरपालिकाका प्रमुख रमेश महर्जनलगायत राजनीतिक दलका प्रतिनिधि सहभागी थिए।

सन् २००५ मा स्थापित नेपाल एपीएफ स्कूल प्रहरीबलअन्तर्गत सशस्त्र प्रहरी बल कल्याणकारी सेवा केन्द्रद्वारा निर्माण गरिएको शैक्षिक संस्था हो। यो विद्यालय सो नगरपालिका चम्पादेवी–७ मा अवस्थित छ, जसमा २१ प्रतिशतभन्दा बढी छात्रा छन्।

भारत सरकारको रु ४.०४२ करोड अनुदान सहयोगमा निर्मित सो दुईतले नयाँ संरचनामा छात्रावासका संरक्षकका लागि छुट्टै कक्ष, शयन कक्ष, प्रत्येक तलामा छात्राका लागि फर्निचरका साथै स्नानघर, सरसफाइको सुविधासहित ३२ कोठा छन्। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .