ad ad

कारोबार


नेपाल लाइफको एमडीआरटी अचिभर्स अवार्ड समारोह सम्पन्न

नेपाल लाइफको एमडीआरटी अचिभर्स अवार्ड समारोह सम्पन्न

नेपालखबर
पुस २५, २०७९ सोमबार १८:५, काठमाडौँ

जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आइतबार काठमाडौंको हायात प्लेसमा ‘एमडीआरटी’ अचिभर्स अवार्ड २०२३ समारोह आयोजना गरेको छ। 

वर्ष सकिएको सात दिनभित्रै सन् २०२२ को जनवरीदेखि डिसेम्बर अन्तिमसम्म ३७ लाख ९२ हजार ३०० रुपैयाँ प्रथम बीमा शुल्क सकलन गरी ‘एमडीआरटी’का लागि योग्य भएका २४३ जना अभिकर्तालाई सम्मानित गरिएको हो।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले भर्चुअली उपस्थित भई सबैलाई स्वागत गरेका थिए। आफ्नो भिडियो सन्देशमा प्रमुख कार्यकारी अधिकृत पराजुलीले कम्पनीको मेरुदण्ड भनेकै अभिकर्ता साथीहरु रहेको बताए।  

उनीहरुकै अथक मिहिनेत र परिश्रमका कारण नै नेपाल लाइफ सफल भएको र आगामी दिनमा झन् बलियो र सबल भएर बजारमा प्रस्तुत हुनेमा आफु विश्वस्त रहेको बताए। 

अभिकर्ताहरुको चौतर्फी विकासका निम्ति कम्पनी निकै संवेदनशील रहेको  प्रमुख कार्यकारी अधिकृत पराजुलीले बताए। नायब महाप्रबन्धक उमापति पोखे्रलले कम्पनीको आगामी रणनीतिको बारे जानकारी गराएका थिए। 

नेपालका ८ हजार मिटरभन्दा अग्ला सबै शिखर आरोहण गर्ने पहिलो महिला बनेर कीर्तिमान कायम गरेकी पूर्णिमा श्रेष्ठ कार्यक्रममा विशेष अतिथिको रूपमा उपस्थित भई आफ्नो जीवनको सफलता असफलता, चुनौती र अवसरहरुको सम्बन्धमा प्रकाश पारेका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .