ad ad

कला


‘जय हो’मा अभिनेता अर्पण थापा अनुबन्ध

‘जय हो’मा अभिनेता अर्पण थापा अनुबन्ध

नेपालखबर
पुस २५, २०७९ सोमबार १८:५, काठमाडौँ

शोभित बस्नेत प्रस्तुतकर्ता रहने फिल्म ‘जय हो’ मा अभिनेता अर्पण थापा अनुबन्ध भएका छन्। सोमबार निर्माण कम्पनी सलोन सलिना फिल्मस् र कलाकार थापाबीच लिखित सम्झौता भएको हो। फिल्ममा थापाको मुख्य भूमिका हुनेछ।

टेक पोरखी राईले निर्देशन गर्ने फिल्म माघको अन्तिम सातादेखि छायांकनमा जाँदै छ। फिल्म काठमाडौँ, पोखरा र मुस्ताङमा छायांकन हुने निर्माण टिमले जनाएको छ। सुरेश न्यौपानेको कथा रहेको फिल्म एक्सन तथा लभस्टोरी जनरामा बन्नेछ। फिल्ममा संगीतकार शम्भुजित बाँस्कोटा र सागर आले मगर छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .