शुभम पावर कम्पनीले सर्वसाधारणको लागि प्राथमिक सार्वजनिक निष्काशन (आईपीओ) गर्न लागेको छ। कम्पनीले माघ १८ गतेदेखि आईपीओ निष्काशन गर्न लागेको हो।
हालै आयोजना प्रभावित क्षेत्रका बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ गरेको थियो।
कम्पनीले प्रतिसेयर १०० अंकित मूल्यका ४ लाख ८१ हजार ८२२ कित्ता सेयर सर्वसाधारणहरुमा निष्काशन गर्न लागेको हो।
सो सेयरमा माघ २२ गतेसम्म आवेदन दिन सकिनेछ। सो अवधिसम्ममा पूर्ण आवेदन नपरेमा निष्काशन अवधि फागुन ३ गतेसम्म लम्बिनेछ। लगानीकर्ताले न्यूनतम १० कित्ता सेयरका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा ५ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्।
कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ।
12
Shares
प्रतिक्रिया