आर्थिक मिडिया सञ्चालकहरुको संस्था इकोनोमिक मिडिया एसोसिएसन नेपाल (इमान) को नयाँ कार्यसमिति चयन भएको छ।
बुधबार काठमाडौंमा सम्पन्न इमानको पहिलो अधिवेशनले केटीएम भ्वाइस डटकमका रोयल आचार्यको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो। उपाध्यक्षमा दैनिकी डटकमका माधवप्रसाद तिवारी र अर्थबजार डटकमका डिल्लीप्रसाद सापकोटा चयन भएका छन्।
संस्थाको महासचिवमा अर्थ सरोकार डटकमका सुरज प्याकुरेल चयन भएका छन् भने उपमहासचिवमा अर्थतन्त्र डटकमका रामेश्वर कार्की र सचिवमा क्रसचेक मासिकका टंक कार्की चयन भएका छन्।
संस्थाको कोषाध्यक्षमा रोजगार मिडियाका फणिन्द्रप्रसाद दाहाल र सहसचिवमा आर्थिक प्लस डटकमका अमिर लामा चयन भएका छन् भने कार्यकारी सदस्यमा कर्पोरेट बजारकी अप्सरा गौतम चयन भएकी छन्।
आर्थिक विधाका सञ्चारमाध्यमको हकहितका लागि गठित इमानमा हाल २२ वटा आर्थिक मिडिया सदस्य छन्।
Shares
प्रतिक्रिया