ad ad

कारोबार


भौतिक मन्त्रालयले छ महिनामा गर्‍यो ३१ अर्ब विकास खर्च, प्रगति १७.७१ प्रतिशत मात्रै

भौतिक मन्त्रालयले छ महिनामा गर्‍यो ३१ अर्ब विकास खर्च, प्रगति १७.७१ प्रतिशत मात्रै

नेपालखबर
माघ २४, २०७९ मंगलबार १७:५४, काठमाडौँ

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको पुँजीगत खर्च १७.७१ प्रतिशत मात्रै रहेको छ। माघ २३ गतेसम्म ३१ अर्ब १२ करोड रुपैयाँ खर्च गरेको हो। 

मन्त्रालयको १ खर्ब ६७ अर्ब रुपैयाँ वार्षिक बजेट रहेको थियो। मन्त्रालयको चालु खर्च भने ३१.४८ प्रतिशत पुगेको छ। 

मन्त्रालयका सहसचिव शिवप्रसाद नेपालले अहिले काम भइसके पनि दायित्व बाँकी रहदाँ खर्च कम देखिएको बताए। 

‘अहिले करिब ७ अर्ब रुपैयाँ बराबरको काम भइसकेर बिल काटिसकेका छौँ’, उनले भने, ‘बिल काटे पनि महालेखा नियन्त्रक कार्यालयले भुक्तानी नगर्दा प्रगतिमा देखिएको छैन।’

विकास निर्माणका अधिकांश आयोजनामा वैदेशिक सहयोग, ऋणबाट काम हुने र त्यसको भुक्तानी हुन समय लाग्दा पनि समस्या देखिएको बताएका छन्। 

सडक विभागमा महानिर्देशक अर्जुनजंग थापाले १०–१५ प्रतिशत काम मात्रै स्वदेशी स्रोतको निश्चित नभई बजेटमा राख्दा र प्राथमिकताका आयोजनामा बजेट विनियोजन नहुँदापनि समस्या आउने गरेको बताउँछन्। 

‘हरेक वर्ष ७० प्रतिशतमाथि खर्च हुँदै आएको छ। एकदमै निराशाजनक अवस्था नै त होइन’, थापाले भने, ‘माघ फागुनमा काम भए पनि असारसम्म भुक्तानी लम्बिने गरेको छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .