राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले सेयरबजारमा सर्वसाधारणले १४ अर्ब गुमाइसकेकाले सुधारको लागि के पहल भएको छ भनेर अर्थमन्त्री विष्णु पौडेललाई प्रश्न गरेका छन्।
आइतबार अर्धवार्षिक समीक्षा कार्यक्रममा ढकालले १८ महिनाअघि ४३ खर्बको पुँजीकरण अहिले घटेर ३० खर्बमा सीमित भएको भन्दै यसलाई रोक्न के पहल गरिरहनुभएको छ भनेर प्रश्न गरेका हुन्।
उनले अर्थतन्त्रको ऐना भनेर हेरिने पुँजीबजार प्राकृतिक बनाउन आवश्यक रहेको बताए।
‘नेपालको पुँजीबजारमा १८ महिनाअगाडि ४३ खर्बको पुँजीकरण थियो’, ढकालले भने, ‘अहिले घटेर ३० खर्बको भएको छ। सर्वसाधारणले १४ खर्ब गुमाएका छन्। आज पनि सेयरबजारमा ६० अंकको ठूलो गिरावट आएको छ। नेपालको पुँजी बजारलाई नेपालको पुँजी बजारलाई प्राकृतिक बनाउने र सुधारका काम के गरिरहनु भएको छ? म जान्न चाहन्छु।’
साथै उनले मल अभावको समस्या विगतको जस्तो हुने हो भनेर प्रश्न गरे।
‘जुन देशमा किसान र व्यवसायीको मुहारमा हासो हुँदैन त्यो देश समृद्धि उन्मुख हुँदैन’, उनले भने, ‘मल खरिदको ६७ अर्ब तिर्न बाँकी भनिएको छ।’
Shares
प्रतिक्रिया