ad ad

कारोबार


समुद्री सतहबाट ३४ सय ४७ मिटर उचाइमा कोड ‘ब्रिस्क ह्याकाथन’

समुद्री सतहबाट ३४ सय ४७ मिटर उचाइमा कोड ‘ब्रिस्क ह्याकाथन’

नेपालखबर
फागुन १२, २०७९ शुक्रबार १३:०, काठमाडौँ

हेराल्ड डेभकर्प्स यू.आई. भिजुअल समुदाय र विद्यार्थी नेतृत्वको समुदायले समुद्री सतहबाट ३ हजार ४ सय ४७ मिटर उचाइमा कोड ब्रिस्क ह्याकाथन सम्पन्न गरेको छ।

यही फागुन ८ गते सफलतापूर्वक अनवरत २४ घण्टासम्म कोड ब्रिस्क ह्याकाथन २०२३ कार्यक्रम दोलखाको कुरी गाउँमा गरेको हो।

ह्याकाथनमा १३ वटा कलेजहरूले सहभागिता जनाएका थिए। जसमध्ये तीन उत्कृष्ट टोलीहरू छनौट भएका थिए जसमा उनीहरूले आफ्नो प्रोटोटाइपहरू कालिञ्चोकमा निर्माण गरेका थिए। 

ह्याकाथनको मुख्य उद्देश्य शीर्ष तीन टोलीहरूले सिर्जना गरिएको नयाँ प्रोटोटाइपहरू द्वारा कालिञ्चोकको पर्यटन र आतिथ्य क्षेत्रको विषयलाई एउटा स्तरमा पुर्याउनु हो ।

हेराल्ड कलेज काठमाडौंका प्रमुख कार्यकारी अध्क्षय प्रकाश श्रेष्ठले आयोजक टिम प्रति धन्यवाद ज्ञापन गर्दै भने, ‘यस परियोजनामा समाबेश भएका सम्पूण टिमको अटल प्रयास र समर्पणले अविश्वसनीय नतिजा ल्याएर प्रशंसाको हकदार बनेको छ । यस नतिजा विद्यार्थीहरुको प्रतिभाको परिणाम हो र म सबैमा गर्व गर्छु।’

हेराल्ड डेभकर्प्सकी प्रमुख सुजाता थापाले पनि आयोजक समिति र तिन शीर्ष टिमको प्रशंसा गर्दै भनिन्, ‘हाम्रो उपस्थित कलेज समुदायमा सबैको प्रयास प्रतिबिम्बित छ र म त्यसमा गर्व गर्छु।’ 

यस प्रतियोगितामा विरिन्ची कलेज – टिम एभरेष्ट बन्न सफल भएको थियो। विजयी टिमको परियोजना ‘टाइडी टाउन’ रहेको छ, जसको उद्देश्य सेन्सरहरूको प्रयोगले फोहोर व्यवस्थापन समस्याहरू समाधान गर्ने र फोहोर डिस्पोजलको व्यावहारिक तरिका प्रदान गर्नु हो। 

यसका साथै, हेराल्ड कलेज काठमाडौंले विजयी टिम, विरिन्ची कलेज – टिम एभरेष्ट लाई जितको साथै अन्य सहभागी टिमलाई सहभागीताको बधाइ दिएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .