ad ad

कारोबार


पेट्रोलियम पदार्थको मूल्य बढ्यो

पेट्रोलियम पदार्थको मूल्य बढ्यो

नेपालखबर
पुस १६, २०७६ बुधबार १४:१९,

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। बुधबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजल र मट्टितेलमा प्रतिलिटर २ रुपैयाँ मूल्य बढाएको हो। हवाई इन्धन र एलपी ग्यासको मूल्य यथावत छ।

पछिल्लो पटक ईण्डियन आयल कर्पोरेशनले १६ डिसेम्बर २०१९ मा पठाएको मूल्य अनुरुप निगमले १ जनवरी २०२० मा प्राप्त पेट्रोलियम पदार्थको नयाँ अन्तर्राष्ट्रिय बजार मूल्य बमोजिमको खरिद मूल्य समायोजन गरेको निगमले जनाएको छ।

मूल्य समायोजन गरे पश्चात् नेपाल तर्फको विरगञ्ज नाकाको तुलनामा भारतको रक्सौलमा कायम भएको पेट्रोलको खुद्रा विक्री मूल्य रु। १८.६७ प्रति लिटरले सस्तो र डिजेलको खुद्रा विक्री मूल्य रु। १८.२७ प्रति लिटरले नेपालतर्फ सस्तो हुन गएको छ

उपरोक्त समायोजन पश्चात् पेट्रोलको खुद्रा विक्री मूल्य काठमाडौं (थानकोट), सुर्खेत र दिपायलमा रु। १११ प्रति लिटर, पोखरा, दाङ्गमा रु ११०.५० प्रति लिटर र अन्य तराई क्षेत्र (चारआली, विराटनगर, महेन्द्रनगर (धनुषा), विरगञ्ज, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज र धनगढी) मा रु १०९.५० प्रति लिटर कायम गरिएको छ।

यस्तै, भने डिजेल र मट्टितेलको खुद्रा विक्री मूल्य काठमाडौं (थानकोट), सुर्खेत र दिपायलमा रु १०० प्रति लिटर, पोखरा, दाङ्गमा रु ९९.५० प्रति लिटर र अन्य तराई क्षेत्र (चारआली, विराटनगर, महेन्द्रनगर (धनुषा), विरगञ्ज, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज र धनगढी) मा रु। ९८.५० प्रति लिटर कायम गरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .