ad ad

कारोबार


कतार एयरवेजले पायो ‘बेस्ट एयरलाइन्स अफ द इयर’ अवार्ड

कतार एयरवेजले पायो ‘बेस्ट एयरलाइन्स अफ द इयर’ अवार्ड

फाइल तस्बिर


नेपालखबर
चैत २, २०७९ बिहिबार १३:४, काठमाडौँ

सस्तो टिकट बेस्ट एयरलाइन्स अफ द इअर अवार्ड २०२२ कतार एयरवेजले पाएको छ।

ग्लोबल एक्रिडिएसन काउन्सिलले कतार एयरवेजलाई अवार्ड प्रदान गरेको हो। 

कतार एयरवेजले बेस्ट बिजनेस क्लास, बेस्ट एयरलाइन्स रिवार्डस् प्रोगाम र एयर फेयर पोलिसीको अवार्ड समेत पाएको छ। कतार एयरवेजकै सरिक बोगटीले बेस्ट एयरलाइन्स म्यानेजर अफ द इअर इन्टरनेशनल अवार्ड पाए। 

त्यस्तै अफलाइन अपरेसन अवार्ड एमिरेट् एअरवेज, बेस्ट इकोनोमी क्लास अवार्ड फ्लाई दुवई, बेस्ट क्याबिन क्रु एयर अरयिबाले पाएको छ।

फ्रन्ट डेस्क सपोर्ट अवार्ड जजिरा एअरवेजले पाएको छ। बेस्ट जनरल सेल्स एजेन्ट फ फरेन एयरलाइन्समा सोसाइटी इन्टरनेशनलले पाएको छ। 

यात्रुहरुको अनलाइनमार्फत भोट, नोमिनेसन बोर्डले गरेको डेटा प्रशोधन र निर्णयक मण्डलको निर्णयको संयोजनको आधारमा विजेता छनोट गरिएको हो। 

बेस्ट एयरलाइन्स अवार्डमा २९ वटा अन्तर्राष्ट्रिय वायुसेवा प्रदायक र आन्तरिकतर्फ ९ वायुसेवाले प्रतिस्पर्धा गरेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .