त्रिवेणी ग्रुपअन्तर्गतको त्रिवेणी व्यापार कम्पनी प्रा.लिले १ वर्षमा ४ अर्ब २ करोड रुपैयाँको व्यापार गरेको छ। मुख्यत: यसुदा ब्रान्डमा बिक्री गरिरहेको कम्पनीले एकै वर्षमा डेढ अर्ब बढीले कारोबार बढेको हो।
२००८ मा स्थापना भएको कम्पनीले चीनबाट घरायसी प्रायोजनका लागि वस्तु ल्याई १० वर्षदेखि यसुदा ब्रान्डमा बिक्री गर्दै आएको छ।
कम्पनीले आर्थिक वर्ष २०७७/०७८ मा २ अर्ब ६८ करोड रुपैयाँको बिक्री गरेको छ। ०७६/०७७ मा भने १ अर्ब ५० करोड रुपैयाँको आम्दानी गरेको हो।
कम्पनीले इन्डिया, चाइना, कोरिया लगायतको देशबाट आयातगरी नेपाली बजारमा बिक्री गर्दै आएको छ। संघाई परिवारको मुख्य लगानी रहेको छ। शैलेश संघाई त्रिवेणी व्यापार कम्पनीको प्रबन्धनिर्देशक रहेका छन्।
त्रिवेणी व्यापार कम्पनीले ९० बढी भेरियन्टका घरायसी मेसिनरी सामग्री बिक्री गर्दै आएको छ। सेनसाईको आधिकारिक बिक्रेता, सामसङ र प्यानसोनिकको २ क्षेत्रको डिलर त्रिवेणी व्यापार कम्पनीसँग रहेको छ। देशभर कम्पनीको १ हजार ६१९ डिलर नेटवर्क रहेका छन्।
गत आर्थिक वर्षमा ५६ प्रतिशत वृद्धि एलइडी टिभी बिक्रीबाट गरेको छ।
आर्थिक वर्ष २०७८/०७९ मा इलेक्ट्रोनिक्स र इलेक्ट्रिकल वस्तु ७५ अर्ब रुपैयाँको आयात भएको थियो। नेपालमा विद्युतको आपूर्ति सहज भएसँगै इलेक्ट्रोनिक्स वस्तुको व्यापार बढ्दै गएको छ।
Shares
प्रतिक्रिया