११ प्रतिशत महिलाको नाममा मात्रै घर र जग्गा दुवै रहेको छ।
महिलाको नाममा जग्गा मात्र भएका परिवार ९.७ प्रतिशत र घर मात्र भएका परिवार २.३ प्रतिशत रहेका छन् ।
जनगणना अनुसार समग्रमा २३.८ प्रतिशत परिवारहरुमा महिलाको नाममा घर वा जग्गा वा घरजग्गा दुवै रहेको देखिन्छ ।
गत २०६८ सालको जनगणनामा देशका कुल परिवारको १०.७ प्रतिशत परिवारहरुमा महिलाको नाममा घर र जग्गा दुवै रहेको देखिएको थियो भने महिलाको नाममा जग्गा मात्र भएका परिवारहरु ९.० प्रतिशत रहेको थियो ।
प्रदेशगत रुपमा हेर्दा महिलाको नाममा घर वा जग्गा वा घरजग्गा दुवै रहेका परिवारको संख्या प्रदेश १ मा २८.५ प्रतिशत, गण्डकी प्रदेशमा २८.३ प्रतिशत र सबैभन्दा कम सुदूरपश्चिम प्रदेशमा ११.८ प्रतिशत रहेको देखिन्छ।
51
Shares
प्रतिक्रिया