खराब लयका कारण आलोचनाको शिकार बनेका पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोले मैदानबाटै त्यसको जवाफ दिएका छन्।
युरोपियन क्लबमा नबिकेपछि साउदी अरेबियाको अल नासारमा जानुपरेको आरोप झेलिरहेका रोनाल्डोले युरोकप छनोटमा दुई गोल गर्दै मैदानबाटै जवाफ फर्काएका हुन्।
युरो कप २०२४ को छनोट खेलमा पोर्चुगलले लिचेसटाइनलाई ४–२ ले पराजित गर्दा रोनाल्डोले २ तथा क्यान्सेलो र बर्नान्डोले एक एक गोल गरे।
युरोकप छनोटको यो खेलसँगै रोनाल्डोले विश्व कीर्तिमान आफ्नो नाममा गरेका छन्। रोनाल्डोले पोर्चुगलका लागि १ सय ९७ खेल खेल्दै यो कीर्तिमान आफ्नो नाममा गरेका हुन्।
३८ वर्षीय रोनाल्डोले १२० अन्तर्राष्ट्रिय गोल गरेका छन्।
सन् २००३ मा राष्ट्रिय टोलीमा डेब्यु गरेका रोनाल्डोले कतारमा विश्वकपका गोल गर्दै पाँच विश्वकपमा गोल गर्ने पहिलो खेलाडी बनेका थिए।
कतार विश्वकप सुरु हुनुअघि नै रोनाल्डो र म्यानचेष्टर युनाइटेडबीचको सम्बन्ध चिसिएको थियो।
स्पोर्टिङ लिस्बोन, म्यानचेष्टर युनाइटेड, रियल मड्रिड र युभेन्ट्सका पूर्वफरवार्ड रोनाल्डो कतार विश्वकपपछि साउदी अरेबियाको अल नासरबाट खेल्दै आएका छन्।
रोनाल्डोले आफ्नो खेल करिअरमा ७ घरेलु उपाधि, ११ अन्य प्रमुख घरेलु ट्रफी, पाँच च्याम्पियन्स लिग, चार क्लब विश्व कप र एउटा युरोपेली च्याम्पियनसिप जितेका छन्।
रोनाल्डोका कीर्तिमान
सर्वाधिक च्याम्पियन्स लिग गोल १४०
सबैभन्दा धेरै च्याम्पियन्स लिग खेल्ने १८३
सर्वाधिक च्याम्पियन्स लिगमा जित ५
तीन च्याम्पियन्स लिगको फाइनलमा गोल गर्ने एक मात्र खेलाडी
पाँच युरोपेली च्याम्पियनसिपको फाइनल खेलेको
युरोपियन च्याम्पियनसिपको फाइनलमा सर्वाधिक गोल १४
सबैभन्दा धेरै युरो र विश्वकप फाइनल गोल २२
विश्व फुटबलमा सबैभन्दा बढी अन्तर्राष्ट्रिय गोल १२०
मैत्रीपूर्ण बाहेक सबैभन्दा बढी अन्तर्राष्ट्रिय गोल १००
पुरुष अन्तर्राष्ट्रिय फुटबलमा १० ह्याट्रिक गर्ने पहिलो खेलाडी
Shares
प्रतिक्रिया