ad ad

कारोबार


व्यवसायीको चुनावी सरगर्मी, अञ्जनको टिम छाडेर ज्योत्स्ना लागिन् संघाई क्याम्पमा

व्यवसायीको चुनावी सरगर्मी, अञ्जनको टिम छाडेर ज्योत्स्ना लागिन् संघाई क्याम्पमा

संघाईको प्यानल। तस्बिर : सरोज बैजू


नेपालखबर
चैत १९, २०७९ आइतबार १७:५५, काठमाडौँ

उद्योग वाणिज्य महासंघको साधारणसभा तथा निर्वाचन मिति नजिकिँदै गर्दा व्यवसायीहरुमाझ चुनावी सरगर्मी बढेको छ। 

वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने विधानअनुसार चन्द्र ढकाल आगामी अध्यक्ष हुँदै गर्दा वरिष्ठ उपाध्यक्षमा भने व्यवसायीबीच तीव्र प्रतिस्पर्धा हुने देखिएको हो। 

अञ्जन श्रेष्ठ, उमेशलाल श्रेष्ठ र रामचन्द्र संघाईबीच वरिष्ठ उपाध्यक्षमा कडा प्रतिस्पर्धा हुने देखिएको हो। 

आइतबारमात्रै रामचन्द्र संघाईले वरिष्ठ उपाध्यक्षमा चुनाव लड्नलागेको घोषणा गरेका थिए।

उनको घोषणासँगै यसअघि अञ्जनको टिममा समावेश एसोसिएटतर्फ उपाध्यक्ष पदकी उम्मेदवार ज्योत्स्ना श्रेष्ठले क्याम्प बदलेकी छिन्। 

उनले अब संघाईको प्यानलबाट चुनाव लड्ने भएकी हुन्। 

संघाईको टिममा वस्तुगततर्फ उपाध्यक्षका उम्मेदवार सुकुन्तलाल हिराचन र जिल्ला नगरतर्फ उपाध्यक्षमा सुरकृष्ण वैद्यले चुनाव लड्ने भएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .