ad ad

कारोबार


कर्जाको ब्याजदर प्रत्येक महिना समायोजन हुने व्यवस्था गरिनुपर्छ : गोल्यान

कर्जाको ब्याजदर प्रत्येक महिना समायोजन हुने व्यवस्था गरिनुपर्छ : गोल्यान

बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)का अध्यक्ष पवनकुमार गोल्यान (सरोज बैजु)


नेपालखबर
चैत २८, २०७९ मंगलबार १८:७, काठमाडौँ

बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)का अध्यक्ष पवनकुमार गोल्यानले कर्जाको ब्याजदर प्रत्येक महिना समायोजन हुने व्यवस्था गरिनुपर्ने बताएका छन्। 

मंगलबार पत्रकार सम्मेलन आयोजना गर्दै अध्यक्ष गोल्यानले सो कुरा बताएका हुन्। 

‘निक्षेपको ब्याजदर प्रत्येक महिना परिमार्जन हुन्छ’, उनले भने, ‘कर्जाको ब्याजदर तीन महिनामा परिवर्तन गर्न पाउने व्यवस्थालाई निक्षेप जस्तै महिनैपिच्छे परिमार्जन गर्न मिल्ने व्यवस्था गरिनुपर्छ ।’

साथै उनले वैशाखमा निक्षेपको ब्याजदर दुई प्रतिशत घटाउनुपर्ने माग गरे।

‘अहिले बैंकहरुको ब्याजदर ११ प्रतिशत छ। जसलाई १० प्रतिशतभन्दा कममा समायोजन गरेर ९.९ प्रतिशतसम्म झार्ने गभर्नरले प्रतिबद्धता जनाएका छन्’, गोल्यानले भने, ‘संस्थागत निक्षेपको ब्याजदर ६ प्रतिशत र मुद्दती निक्षेपको ब्याजदर ८ प्रतिशतमा झार्नु आवश्यक छ।’

साथै उत्पादनमूलक र अनुत्पादक क्षेत्रको ब्याजदर फरक-फरक हुनुपर्ने माग गरेको छ।

साथै स्थानीय तहको शतप्रतिशत रकम तरलतामा गणना गर्न पाउनुपर्ने व्यवस्था गरिनुपर्ने गोल्यानले बताए।

राष्ट¯बैंकले बैंक तथा वित्तीय संस्थालाई स्थानीय तहको ८० प्रतिशत निक्षेपमा गणना गर्न दिने व्यवस्था गरेको छ। 

गोल्यानले वित्तीय संस्थाविरुद्ध भएका संगठित आक्रमणले अराजकता ल्याउनुका साथै व्यवसायी तथा कर्मचारीको मनोबल खस्किएको बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .