ad ad

कारोबार


साढे ५ वर्षमा ५ लाख नेक्सन बिक्री

साढे ५ वर्षमा ५ लाख नेक्सन बिक्री

नेपालखबर
बैशाख १, २०८० शुक्रबार १३:३९, काठमाडौँ

टाटा मोटर्सले भारतीय बजारमा ५ लाख वटा नेक्सन बिक्री वितरण गरेको जनाएको छ। कम्पनीको पुनास्थित रंजनगाव म्यानुफ्याक्चरिङ युनिटमा निर्मित यो गाडी सन् २०१७ बाट बजारमा ल्याइएको थियो।  

कम्पनीका अनुसार साढे पाँच वर्षको छोटो अवधिमै यसले यस्तो सफलता हासिल गरेको हो। ५ लाखमध्ये पछिका १ लाख केवल सात महिनामा क्रिी भएको थियो।  

हालका वर्षहरुमा नेक्सन कम्पनीको निरन्तर बजारले रुचाएको मोडेल रुपमा स्थापित भएको कम्पनीको दाबी छ। सन् २०२० मा ‘फेसलिफ्ट’को आगमन पछि यसको वजार विस्तारले झन् तिब्र  ढंगले अगाडि बढेको पाइन्छ।  

नेक्सन  १२०० सय सिसिको रेभोट्रन पेट्रोल  इन्जिन र १५०० सिसिको रेभोटर्क डिजेल इन्जिन उपल्क्ब्ध छ। पहिलो प्रकारमा १२० हर्सपावर एवं १७० एनएमको ‘पिक टर्क’को क्षमता छ भने दोस्रो प्रकारमा १२० हर्सपावरको शक्ति एवं १७० एनएमको ‘पिक टर्क’को क्षमता छ। दुवैमा म्यानुएल ट्रान्समिसन स्ट्यानडर्डको रुपमा र सिक्स स्पिड एटिएमको रुपमा रहेको छ।  

नेक्सनको विद्धुतीय संस्करणले पनि बजारमा अग्रस्थानमा रहेको छ।  नेक्सन इभी हाल भारतको सबैभन्दा बढी बिक्री भइरहेको विद्युतीय गाडीको हो।        

टाटाको यस वर्षको अन्त्यसम्म नेक्सनको  अझ परिष्कृत र परिमार्जित स्वरुप बजारमा ल्याउने योजना रहेको जनाएको छ। यो नयाँ स्वरुप अटो एक्पो २०२३ मा प्रदर्शन गरिएको ‘कर्भ अवधारणा’मा आधारित छ। १२०० सिसिको टर्बो पेट्रोल इन्जिन भएको यो गाडीको शक्ति  १२५ हर्सपावर बराबर हुनेछ।     

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .