ad ad

कारोबार


राष्ट्र बैंकमा जागिर पाउन कुनै भनसुन चल्दैन : पूर्वगभर्नर नेपाल

राष्ट्र बैंकमा जागिर पाउन कुनै भनसुन चल्दैन : पूर्वगभर्नर नेपाल

नेपालखबर
बैशाख २, २०८० शनिबार १६:१३, काठमाडौँ

नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर डा. चिरञ्जीवी नेपालले नेपाल राष्ट्र बैंकमा जागिर पाउनका लागि कुनै पनि खालको भनसुन नलाग्ने दावी गरेका छन्।

राष्ट्रपतिका आर्थिक सल्लाहकार समेत रहेका पूर्वगभर्नर नेपालले क्षमता हुनेले मात्रै नेपाल राष्ट्र बंैकमा जागिर पाउन सक्ने बताए। 

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले नेपाल राष्ट्र बैंकको कुनै पनि तहमा जागिर पाउनका लागि भन्सुनको महत्व आफूले नदेखेको पटकपटक दोहो¥याए। 

‘मेरो सोर्स चाहिन्छ। सोर्सको मैले त्यत्तिको महत्व देखेकै छैन। मैले त राष्ट्र बैंकमा बसेर देखेको हो नि। मलाई थाहा छ। तपाईहरुले सोधे हुन्छ–राष्ट्र बैंकमा सोर्स लाग्दैन। त्यहाँ मजाले आफ्नो क्षमताले जागिर खाने हो,’ नेपालले अघि भने, ‘त्यहाँ तल्लो तहदेखि माथिल्लो तहसम्म जागिर जान सोर्स चाहिँदैन। क्षमतालाई आफैंले उजागर गर्ने हो। कोही पनि पर्फेक्ट हुँदै हुँदैन। सबै पढेर तैँले त बढि जानेको छस भन्ने हुँदै हुँदैन। आफैंले कोशिस गरेर आफैं जान्ने हुने हो।’

पूर्वगभर्नर नेपालले आफ्नो क्षमता आफैंले उजागर गर्न सके विद्यार्थीहरुले नेपालको कुनै पनि क्षेत्रमा जागिर पाउन अप्ठ्यारो नरहेको पनि बताए। 

तर त्यसका लागि ‘कोही पनि सबै कुरामा जान्ने हुँदैनन्’ भन्ने मान्यतालाई आत्मासात गरेर अध्ययनको कामलाई अघि बढाउनुपर्ने उनको भनाई थियो ।

‘भगवानले हामीलाई यस्तो रिर्सोसेस दिएका छन। जति त्यसको प्रयोग ग¥यो, त्यति फाईदा लिन सकिन्छ। त्यो के हो? भन्दा दिमाग हो। यसलाई जति प्रयोग ग¥यो, त्यति फाईदा हुन्छ,’ पूर्व गभर्नर नेपालले भने ‘जतिसक्यो त्यसलाई त्यति प्रयोग गर्नु पर्दछ। मलाई दुःख लाग्छ। हामी कहाँ कस्तो संस्कार भयो भने १० कक्षा दश वर्ष फेल भयोे। त्यस्तोलाई दुकान खोल भनेर बाबुआमाले पैसा दिन्छन। व्यापार गर्नलाई त सबैभन्दा बढी पढनुपर्छ।’

माध्यामिक शिक्षा सकिएपछि २ वर्ष कडा मेहनतका साथ अध्ययनको काम अघि बढाउने विद्यार्थीहरुको भविष्य आफूले नेपालमा राम्रो देखेको उनको भनाइ छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .