नेपाल धितोपत्र बोर्डले थप १३ ब्रोकर कम्पनीलाई लाइसेन्सको आशयपत्र (एलओआई) प्रदान गरेको छ।
बुधबार बसेको बोर्डको संचालक समिति बैठकले थप १३ निवेदक कम्पनीलाई एलओआई दिने निर्णय गरेको हो।
आवेदन दिएका ४५ कम्पनीमध्ये पहिलो चरणमा यसअघि वैशाख १८ गते १६ कम्पनीले आशयपत्र दिइएको थियो।
दोस्रो चरणमा १३ कम्पनीले आशय पत्र पाएसँगै आशयपत्र पाउने कम्पनीको संख्या २९ कम्पनी पुगेका छ।
हाल बोर्डले सनराइज सेक्युरिटिज र जेबीएनएल सेक्युरीटीजलाई आशयपत्र दिएको छ। यी दुवै वित्तीय संस्थाका कम्पनी हुन्।
यसअघि आशयपत्र पाउनेमा सातवटा बैंक तथा वित्तीय संस्थाका सहायक कम्पनीहरू नबिल सेक्युरिटिज, मेघा स्टक मार्केट, हिमालयन ब्रोकज कम्पनी, सीबीआइएल सेक्युरिटिज, एनएमबी सेक्युरिटिज, आरबीबी सेक्युरिटिज र सानिमा सेक्युरिटिज रहेका छन्।
दोस्रो चरणमा सनराइज सेक्युरिटिज र जेबीएनएल सेक्युरेटिज कम्पनी रहेका छन्। बैंक तथा वित्तीय संस्थाले पहिलोपटक लाइसेन्सका लागि आशयपत्र पाएका हुन्।
बोर्डले गत वर्ष असोजमा धितोपत्र व्यवसायी तथा दलाल नियमावली, २०६४ लाई संशोधन गरेर नियमावली, २०७९ जारी गरेको थियो । बोर्डले पहिलोपटक खुला प्रतिस्पर्धाका माध्यमबाट आवेदन खुला गरेको थियो ।
आशयपत्र पाउने नयाँ १३ कम्पनी
Shares
प्रतिक्रिया