ad ad

कारोबार


विदेश अध्ययन र घुम्न मात्रै नेपालीले खर्च गर्छन् वार्षिक २ खर्ब

विदेश अध्ययन र घुम्न मात्रै नेपालीले खर्च गर्छन् वार्षिक २ खर्ब

नेपालखबर
बैशाख २८, २०८० बिहिबार १८:२, काठमाडौँ

चालु आर्थिक वर्षमा नेपालीले विदेशमा अध्ययन र घुम्न मात्रै २ खर्ब खर्च गर्ने भएका छन्। नेपालीले साउनदेखि चैत मसान्तसम्म १ खर्ब ५० अर्ब रुपैयाँ खर्च गरिसकेका छन्।

कोभिड महामारीको कारण नेपालबाट विदेशमा अध्ययन तथा भम्रणमा जानेको संख्या घटेको थियो। महामारीपछि विदेशमा अध्ययन गर्ने र घुम्न जाने नेपालीको संख्या तीब्र बढेसँगै विदेशबाटै भित्रिएको ठूलो रकम बाहिरिएको हो।

विदेश घुम्न गएर नेपालीले ९ महिनामा मात्रै ९१ अर्ब ६० करोड रुपैयाँ खर्च गरेका छन्। अघिल्लो वर्षको तुलनामा ३९.८ प्रतिशतले बढेको हो। आर्थिक वर्ष २०७८÷०७९ मा ९ महिनामा ६५ अर्ब ५४ करोड रुपैयाँ बाहिरिएको थियो। २०७७/०७८ को साउनदेखि चैतसम्म २९ अर्ब रुपैयाँ मात्रै बाहिरिएको थियो।   

यता, शिक्षातर्फ चालु आर्थिक वर्षको ९ महिनामा ६७ अर्ब १९ करोड रुपैयाँ बाहिरी सकेको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ। गत आर्थिक वर्षको ९ महिनामा ४३ अर्ब ६७ करोड रुपैयाँ अध्ययनको लागि बाहिरिएको थियो। २०७७÷०७८ मा करिब २३ अर्ब ४० करोड बाहिरिएको थियो।

अहिलेकै ट्रेन्ड अनुसार अध्ययन र भम्रणमा जाने संख्या कमि नआए वैशाख, जेठ र असारमा थप आधा खर्ब बाहिरिने देखिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .