ad ad

कारोबार


साताको पहिलो दिन १ अर्ब ६० करोडको शेयर कारोबार

साताको पहिलो दिन १ अर्ब ६० करोडको शेयर कारोबार

नेपालखबर
जेठ ७, २०८० आइतबार १६:५३, काठमाडौँ

साताको पहिलो दिन आइतबार  शेयर बजारमा १ अर्ब ६० करोड रुपैयाँको कारोबार भएको छ।

नेप्से परिसूचक समेत ५ दशमलव ८८ अंकले वृद्धि भएको हो। आज ४८ लाख २८ हजार कित्ता शेयर कारोबार भएको छ। 

सबैभन्दा धेरै कमाउनेमा राष्ट्रिय बीमा कम्पनी लिमिडेड रहेको छ। राष्ट्रिय बीमा कम्पनी लिमिडेडको शेयर १० प्रतिशतले वृद्धि भएको छ। यस्तै सबैभन्दा धेरै गुमाउनेमा आदर्श लघुवित्त रहेको छ। जसको शेयर  ६ दशमलव ५६ प्रतिशतले गिरावट आएको छ। 

सबैभन्दा धेरै कारोबार सिवम् सिमेन्टको शेयर ६ करोड १७ लाख रुपैयाँ बराबरको कारोबार भएको हो। दोस्रोमा रहेको राष्ट्रिय बीमा कम्पनीको सेयर  ५ करोड २८ लाख रुपैयाँ बराबरको कारोबार भएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .