सरकारले १ वर्ष विदेश बसेका नेपालीले जुनसुकै आकारको टेलिभिजन निशुल्क ल्याउन पाउने भएका छन्। हाल ३२ इन्च टेलिभिजनसम्मको ल्याउन पाउने व्यवस्थालाई प्रोत्साहन गरेको हो।
त्यसको लागि सामाजिक सुरक्षा कोषमा आवद्ध हुनु पर्ने शर्त राखेको छ।
अर्थमन्त्रीले आगामी आर्थिक वर्ष देखि सामाजिक सुरक्षा कोषमा आवद्ध भई वैदेशिक रोजगारमा गई कम्तीमा लगातार बाह्र महिना काम गरी फर्केका व्यक्तिले आफ्नो साथमा ल्याएको एउटा जुनसुकै आकारको टेलिभिजनमा भन्सार महसुल छुट दिएको छ।
श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गई कम्तीमा लगातार छ महिना काम गरी फर्किएका नेपाली नागरिकले सम्वत् २०८० जेठ १ गते देखि आफूले प्रयोग गरेको मोबाइल फोन सेट थान एकको अतिरिक्त थप एक थान मोबाइल फोन सेट महसुल सुविधामा ल्याउन पाउने व्यवस्था गरिएको थियो।
102
Shares
प्रतिक्रिया