ad ad

कारोबार


‘एनसेलले इन्टरनेट सेवा प्रदायक कम्पनी खरिद गरेको भन्ने समाचार अपरिपक्व र अनुमानमा आधारित’

‘एनसेलले इन्टरनेट सेवा प्रदायक कम्पनी खरिद गरेको भन्ने समाचार अपरिपक्व र अनुमानमा आधारित’

नेपालखबर
असोज ४, २०८१ शुक्रबार १३:९, काठमाडौँ

एनसेलले एक इन्टरनेट सेवा प्रदायक कम्पनीको सेयर खरिद गरेको दाबी गर्दै प्रकाशित भएका समाचारहरुबारे एनसेलले ध्यानाकर्षण भएको जनाएको छ। 

एनसेलले सेयर खरिद सम्बन्धमा आएका समाचारलाई ‘अपरिपक्व र अनुमानमा आधारित’ भएको बताएको हो। 

‘एनसेलले ब्रोडब्यान्ड इन्टरनेट सेवा प्रदान गर्ने सोचका साथ बजारमा अवसरहरूको खोजी गरिरहेको हुँदा यस सम्बन्धमा गहन छलफल र मूल्याङ्कनको प्रक्रियाको माध्यमबाट सम्पन्न गर्ने कुरामा समेत कम्पनी प्रतिबद्ध रहेको छ’, एनसेलले भनेको छ, ‘नेपाल सरकार तथा दूरसञ्चार उद्योगको रणनीतिक उद्देश्यसँग मेल खाने गरी आवश्यक निर्णय हुने कुरा सुनिश्चित गर्नु हाम्रो लक्ष्य रहेको छ।’ 

एनसेलले नेपालमा बढ्दो डिजिटल इकोसिस्टममा योगदान पुर्‍याउन निरन्तर कार्य गरिरहेको जनाउँदै आफ्ना सेवाहरु विस्तार गर्दै आम उपभोक्तादेखि व्यापार व्यवसायलाई सशक्त बनाउँदै अन्ततः थप कनेक्टेड र डिजिटल रूपमा समावेशी नेपालको विकासमा योगदान दिन सक्ने उल्लेख गरेको छ। 

‘एक जिम्मेवार सेवा प्रदायकको रूपमा एनसेलले सधैँ पारदर्शिता र सबै सरोकारवालाहरूमाझ सही सूचना प्रवाहलाई प्राथमिकता दिँदै आएको छ। विकसित  घटनाक्रमअनुसार आवश्यक समयमा  उपयुक्त जानकारीहरु प्रदान गर्ने नै छौँ’, कम्पनीले भनेको छ, ‘हाम्रा निर्णयहरू सधैँ नेपाल राज्य, ग्राहकवर्ग र सरोकारवालाहरूसँग सम्बन्धित हुने भएकोले हामीसँग सम्बन्धित समाचारहरु प्रकाशन, प्रसारण गर्नुअघि हाम्रो आधिकारिक धारणा बुझिदिन हुन सञ्चारका माध्यमहरुलाई अनुरोध गर्दछौँ।’

यसअघि क्लासिक टेक एनसेलले खरिद गर्ने सम्झौता भएका समाचारहरु आएको थियो। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .