ad ad

कारोबार


प्रभु बैंक र नाथम लण्डनबीच ‘इभेष्ट फर इम्प्याक्ट’ कार्यक्रमको लागि सम्झौता

प्रभु बैंक र नाथम लण्डनबीच ‘इभेष्ट फर इम्प्याक्ट’ कार्यक्रमको लागि सम्झौता

नेपालखबर
जेठ ३२, २०८० बिहिबार २०:९, काठमाडौँ

प्रभु बैंक लिमिटेड र नाथम एसोसिएट लण्डन बीच सम्झौता भएको छ। इभेष्ट फर इम्प्याक्ट नेपाल (आइआईएन) कार्यक्रमको लागि सम्झौता भएको हो।

ब्रिटिश अन्तर्राष्ट्रिय लगानी, डच उद्यमशील विकास बैंक, विकास र सहयोगको लागि स्विस एजेन्सीले संयुक्त रुपमा स्थापना भएको नाथम लण्डनले उक्त कार्यक्रमको लागि प्रभु बैंकसँग सहकार्य गर्ने भएको हो। 

पर्यावरण, सामाजिक, शासन र लगानी तयारी सम्बन्धमा उक्त कार्यक्रमभित्र सहकार्य हुने छ। 

नाथम लण्डनका उपसभापति बुद्धिका सामारासिङ्घेको उपस्थितिमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत  अशोक शेरचन सम्झौता पत्रमा हस्ताक्षर गरेका छन्। 

यस सम्झौता पश्चात प्रभु बैंक लिमिटेड र इभेष्ट फर इम्प्याक्ट नेपालको संयुक्त सहकार्यबाट नेपाल लगायत विश्वभर पर्यावरण, सामाजिक, शासनको बढ्दो महत्वलाई बढाउने बैंकले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .