ad ad

कारोबार


सनराइज बैंकद्वारा सुनसरीमा पशुपालन र डडेलधुरामा आलु खेतीसम्बन्धी तालिम

सनराइज बैंकद्वारा सुनसरीमा पशुपालन र डडेलधुरामा आलु खेतीसम्बन्धी तालिम

नेपालखबर
असार ४, २०८० सोमबार १८:३६, काठमाडौँ

सामाजिक उत्तरदायित्व अन्तर्गत सनराइज बैंकले सुनसरीको झुम्का नगरपालिकामा मासु उत्पादनका लागि पशुपालन सम्बन्धी सिपमुलक तालिम तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ।

स्थानीय तहमा सुुहाउँदो कृषि व्यवसाय सम्बन्धी तालिम स्थानीय व्यक्तिहरुलाई प्रदान गरेर उनीहरुको आम्दानी वृद्घिमा मद्दत गर्ने तथा त्यस व्यवसायमा आवश्यक पर्ने बैंकिङ्ग ज्ञान प्रदान गर्ने उद्देश्य रहेको बैंकले जनाएको छ।

झुम्कामा असार १ गतेदेखि सुरु गरिएको मासु उत्पादनका लागि पशुपालन सम्बन्धी सिपमुलक तालिम तथा वित्तीय साक्षरता कार्यक्रममा ३१ जना सहभागी थिए।

सनराइज बैंक कोशी प्रदेशका प्रमुख विनोद गजुरेल र बैंकका अन्य पदाधिकारीहरुको उपस्थितिमा उक्त कार्यक्रम गरिएको हो।

२ दिने कार्यक्रममा डा. नागेन्द्र बहादुर दाहाल र सबिन खतिवडाले प्रशिक्षण दिएका थिए। बैंकको सामाजिक उत्तरदायित्व अन्तर्गत गरिएको उक्त कार्यक्रम विशेषगरी बाख्रा, बङ्गुर र कुखुरा पालनमा केन्द्रित सिपमुलक तालिम दिइएको थियो।

त्यसैगरी कृषकहरु समक्ष कृषि, आम्दानी वृद्धि र बैंकिङ्ग ज्ञान प्रदान गर्न जेठ ३२ गतेदेखि डडेल्धुराको अमरगढी–८, मा आयोजित आलु खेती उत्पादन तथा वित्तीय साक्षरता कार्यक्रममा ४० जना सहभागी थिए।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यालयका स्रोत व्यक्तिहरु ध्रुवराज जोशी र मनिषा चौधरीद्वारा प्रशिक्षित दुई दिने कार्यक्रममा अमरगढी–८ का वडाअध्यक्ष नरबहादुर शंखी र बैंकका तर्फबाट प्रतिनिधि पुष्पराज भट्ठको उपस्थितिमा आयोजना गरिएको थियो।

तालिममा आलुको व्यवसायिक उत्पादन, बजारीकरण, आलुबाट बनाउन सकिने सामग्रीसम्बन्धी ज्ञान र त्यसबाट आफ्नो आयलाई कसरी बढाउन सकिन्छ भन्नेबारे ज्ञान समेत दिइएको थियो।
 
सिपमुलक तालिमले कृषकहरुमा उत्पादन बृद्घि, त्यसको बजारीकरण र बचतका बारेमा ज्ञान प्रदान भएको र यसले उनीहरुको व्यवसायिक क्षमतामा वृद्घि गर्ने बैंकले विश्वास लिएको छ। बैंकले यस्ता सिपमुलक तालिम देशभरीका सातै प्रदेशमा गर्दै आएको जनाएको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .