ad ad

राजनीति


कांग्रेस बदल्न आवश्यक परे ‘धुरी’ बदल्न तयार हुनुपर्छ : गगन थापा

कांग्रेस बदल्न आवश्यक परे ‘धुरी’ बदल्न तयार हुनुपर्छ : गगन थापा

नेपालखबर
असार ४, २०८० सोमबार १८:५४, काठमाडौँ

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कांग्रेस बदल्न आवश्यकता अनुसार धुरी बदल्न सक्नुपर्ने बताएका छन्।

सोमवार काठमाडौंमा भएको ट्रेड युनियन कांग्रेसको ७ औंँ महाधिवेशनलाई सम्बोधन गर्दै महामन्त्री थापाले धुरी फाट्यो भने धुरी बदल्नुपर्ने बताएका हुन्।

सभापति शेरबहादुर देउवाप्रति आक्रामक देखिएका थापाले पार्टी बदल्न जे कुराको समस्या हुन्छ, त्यो बदलेर अघि बढ्नुपर्ने बताए।

उनले भने, ‘हामी जसरी चलिरहेका छौं। यो भन्दा भिन्न ढङ्गबाट चल्नुपर्छ। चल्न सक्छौं। कांग्रेसलाई आवश्यकता अनुसार बदल्न सक्छौं। कहिले काहीँ जग बदल्नुपर्छ। कहिले काहीँ झ्यालबाट बदल्नुपर्छ। धुरी नै फाट्यो भने पनि त्यो बदल्नुपर्छ। जे कुराको समस्या हुन्छ त्यो बदल्नुपर्छ। त्यो बदल्दै ठिक बनाएर जाने हो।’

महामन्त्री थापाले बदलिएको कांग्रेसले मात्रै मुलुक बदल्नसक्ने बताए।

उनले नेपाली कांग्रेस अहिले जसरी चलेको छ त्यसरी नै चल्ने हो भन्ने ठानेमा कांग्रेस दुर्घटनामा जाने बताए। उनले कांग्रेसलाई दुर्घटनाबाट बचाउनको लागि फरक ढङ्गमा चलाउनु पर्ने जिकिर गरे।

महामन्त्री थापाले पार्टीलाई आवश्यकता अनुसार बदल्न सक्नुपर्ने बताए।

उनले कांग्रेसले आफूलाई बदलेन भने कांग्रेस कांग्रेस जस्तो नहुने बताए। कांग्रेस बदल्दै मुलुक बदल्नुपर्ने आवश्यकता रहेको पनि बताए। उनले देश बदल्न सकिन्छ भन्ने आत्माविश्वास लिनुपर्ने बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .