ad ad

कारोबार


सानिमा बैंकका ग्राहकलाई नागरिक कम्युनिटि टिचिङ हस्पिटलमा छुट

सानिमा बैंकका ग्राहकलाई नागरिक कम्युनिटि टिचिङ हस्पिटलमा छुट

नेपालखबर
असार ८, २०८० शुक्रबार १६:४८, काठमाडौँ

सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङका माध्यमहरु प्रयोग गरी डिजिटल भुक्तानीको प्रोत्साहन गर्न भक्तपुरको गठ्ठाघरस्थित नागरिक कम्युनिटी टिचिङ हस्पिटलमा छुटको व्यवस्था गरेको छ।

उक्त व्यवस्था अन्तर्गत सानिमाको भिसा डेबिट/क्रेडिट कार्ड र सानिमा मोबाइल बैंकिङ एप प्रयोगकर्ताहरुले डिजिटल भुक्तानी गर्दा विशेष छुट पाउने भएको छ।

सानिमा बैंकका ग्राहकहरुले औषधि र अपरेसन सम्बन्धी शुल्कहरुमा १० प्रतिशत र फिजियोथेरापी, दन्त, भेन्टिलेटर, ल्याब टेस्ट, एक्सरे, इसीजी, युयसजी, इको, आँखा र बेड शुल्कहरुमा १५ प्रतिशत छुट प्राप्त गर्न सक्नेछन्।

बैंकले यसैगरी ग्राहकहरुलाई विभिन्न छुट तथा अफरहरु प्रदान गरी डिजिटल भुक्तानीको अधिकतम् प्रयोग गर्न प्रोत्साहन गर्दै आएको छ। छुटको विस्तृत विवरण बैंकको वेबसाइटमा उपलब्ध छ।  
सानिमा बैंकको देशको सातै प्रदेशमा १३२ वटा कार्यालय तथा १२२ वटा एटीएम सञ्चालनमा रहेका छन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .