ad ad

कारोबार


५३.७० अंकले घटेको बजारमा पाँच अर्ब बढीको कारोबार

लघुवित्त उपसमूहमा उच्च गिरावट
५३.७० अंकले घटेको बजारमा पाँच अर्ब बढीको कारोबार

नेपालखबर
असार १७, २०८० आइतबार १५:३०, काठमाडौँ

साताको पहिलो कारोबार दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २.५० प्रतिशतले घटेको छ। आज बजार ५३.७० अंकले घटेर २०९७.२९ विन्दुमा झरेको छ।

आज नेप्सेसँगै कारोबार समेत घटेको छ। आज नेप्सेमा ५ अर्ब ८ करोडको कारोबार भएको छ। अघिल्लो कारोबार दिन (बुधबार) नेप्सेमा ५ अर्ब ९१ करोड ७९ लाख रुपैयाँको कारोबार भएको थियो।

आज २१५०.९९ विन्दुमा खुलेको बजार उच्च २१६०.२४ र न्यून २०९४.०७ विन्दुमा पुगेको थियो। आज सुरुवातमा केही बढ्न खोजको बजार २१६०.२४ पुगेर निरन्तर घट्दै २१ विन्दु लत झरेको हो। गत साता निरन्तर बढेको बजार अन्तिम कारोबार दिन घटेको थियो। सोही घट्दो यात्राले आज पनि निरन्तरता पाएको छ।

आज कारोबारमा आएका २८६ कम्पनीमध्ये १८ कम्पनीको सेयरमूल्य बढ्दा २०७ कम्पनीको घट्यो।

आज अधिकांश लघुवित्त कम्पनीको सेयरको आपूर्ति धेरै देखिएको छ। त्यसैगरी आज १३ वटै उपसमूह घटेका छन्। सबैभन्दा धेरै माइक्रोफाइनान्स उपसमुह घटेको छ। आज माइक्रोफाइनान्स उपसमूह ४.७५ प्रतिशतले घटेको छ।

आज कारोबारमा आएका कम्पनीहरु मध्ये बीपीडब्लु लघुवित्तको सेयरमूल्य सर्वाधिक १० प्रतिशत र सिटी होटलको ९.९८ प्रतिशतले बढेको छ।

आज हिमालयन लाइफइन्स्योरेन्स कम्पनीको सेयरमूल्य सर्वाधिक ४२ करोडको कारोबार भएको छ। त्यसैगरी शिवम सिमेन्टको २७ लाख ५५ हजार र सोल्टी होटलको २० करोड ८६ लाखको कारोबार भएको छ।  

आज नेप्सेमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको खरिद माग (डिमान्ड) सबैभन्दा धेरै देखिएको थियो। त्यसैगरी सिटी होटल, कुमारी बैंक, फर्स्ट माइक्रोफाइनान्स लघुवित्त र शिवम सिमेन्टको सर्वाधिक डिमान्ड रहेको थियो।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .