ad ad

कारोबार


सार्वजनिक यातायातको कर हटाएर हवाइ इन्धनमा लगाउनुपर्छ : प्रेम सुवाल

सार्वजनिक यातायातको कर हटाएर हवाइ इन्धनमा लगाउनुपर्छ : प्रेम सुवाल

नेपालखबर
असार १७, २०८० आइतबार १६:३, काठमाडौँ

प्रतिनिधि सभा सदस्य प्रेम सुवालले हवाइ इन्धनमा १० प्रतिशत विमानस्थल पूर्वाधार विकास कर लगाउनुपर्ने बताएका छन्।

आइतवार प्रतिनिधि सभा बैठकमा आर्थिक विधेयक २०८० माथिको छलफलमा बोल्दै प्रतिनिधि सभा सदस्य सुवालले हवाइ इन्धनमा १० प्रतिशत विमानस्थल पूर्वाधार विकास कर लगाउनुपर्ने बताएका हुन्।

उनले सार्वजनिक यातायातमा भने पूर्वाधार विकास कर लगाउन नहुने बताए। उनले रु. ३०० सम्मको सिमकार्ड रिचार्जमा २ प्रतिशत शुल्क नलाग्ने गर्नुपर्ने बताए। त्यस्तै निजी दूरसञ्चार प्रदायक राज्यको स्वामित्वमा ल्याउनुपर्ने पनि बताए।

उनले भने, ‘हवाई इन्धनमा १० प्रतिशत विमानस्थल पूर्वाधार विकास कर लगाइनुपर्छ। सार्वजनिक यातायात भनेको गरिब चढ्ने हो, त्यहाँ पूर्वाधार विकास कर लगाइनु हुँदैन। रु. ३०० सम्मको सिमकार्ड रिचार्जमा २ प्रतिशत शुल्क नलाग्ने गर्नुपर्छ। निजी दूरसञ्चार प्रदायक राज्यको स्वामित्वमा ल्याउनुपर्छ।’

उनले मिलेमतोमै भन्सार छुटमा चिनी भनेर चामल आयात भइरहेको बताए।

सांसद सुवालले भने, ‘विदेशबाट ल्याइने चिनीमा कर लाग्छ, तर चामलमा लाग्दैन। चामल भनेर चिनी भित्रिरहेको अर्थमन्त्रीलाई कसरी थाहा भएन? मिलेमतो भनेको यही होइन र? सत्तापक्षकै गठबन्धन दलका नेताहरुलाई चित्त बुझाउनका लागि अर्थ विविध भनेर ७३ अर्ब रुपैयाँ राखेको रहेछ। क–कसको बीचमा भागबन्डा हुने हो? यसरी पैसा राख्न मिल्छ? बिना शिर्षक। एक किसिमको यो अनियमितता हो।’

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .