नेपालमा लामो समयदेखि रासायनिक मल उत्पादको कुरा भैरहँदा आज सम्भाव्य अध्ययनको समझदारी भएको छ।
लगानी बोर्डले जर्मन कम्पनीसँग समझदारी गरेको हो।
लगानी बोर्डका सीईओ सुशील भट्टले नेपालखबरसँग कुरा गर्दै आज समझभदारी भएको जानकारी दिए।
नेपालमा युरिया मल स्थापना गर्ने कम्पनी खोल्ने विषयमा सम्भाव्यता अध्ययनका लागि लगानी बोर्ड र जर्मनीको कम्पनीबीच बिहीबार समझदारी भएको उनको भनाई छ।
उनले भने ‘यो विषयमा आज समझभदारी भएको छ। यो पनि एक किसिमको पहिलो उपलब्धी हो। यो विषयमा धेरै कुराहरु भएको छ। तर अब भने यसले कुन हिसाबमा उत्पादन गर्न सकिने खालको निचोड दिने ।’
समझदारीपत्रमा लगानी बोर्ड नेपालका प्रमुख कार्यकारी अधिकृत सुशील भट्ट र जर्मन कम्पनी डिआग इन्डस्ट्रिज जीएमबीएचका प्रबन्ध निर्देशक बेन्जामिन बेकरले आ–आफ्नो संस्थाको तर्फबाट समझदारीपत्रमा हस्ताक्षर गरेका हुन्।
समझदारी अनुसार जर्मन कम्पनीले २४ महिनाभित्र रिपोर्ट बुझाउनुपर्ने छ। जर्मन कम्पनीले गरेको प्रस्ताव अनुसार वार्षिक सात लाख टन मल उत्पादन गर्न सकिने प्रारम्भिक अनुमान छ।
जसका लागि ७१ करोड ४० लाख अमेरिकन डलर अर्थात करिब ९३ अर्ब ५३ करोड रुपैयाँ लागत लाग्ने अनुमान छ।
Shares
प्रतिक्रिया