गएको ९ महिनामा नेपालमा एपोलो टायर्स नेपालले ७२ करोड रुपैयाँको व्यापार गरेको छ।
एपोलोको नेपालका लागि आधिकारिक विक्रेता अरो इन्टरनेश्नलले गत आर्थिक वर्षको चैत मसान्ततसम्म ७२ करोड रुपैयाँको व्यापार गरेको बताएको छ।
गत आर्थिक वर्ष २०७९/८० मा कम्पनीले १ अर्ब ४० करोड रुपैयाँको टायर विक्री गरेको थियो। कम्पनीले चालु आर्थिक वर्षमा नाफा पनि कमाएको छ।
अघिल्लो आर्थिक वर्षमा कर, ब्याजसहितको नाफा ७.९ प्रतिशत नाफा रहेकोमा अहिले यस्तो नाफा ११ प्रतिशत पुगेको छ।
अरो इन्टरनेश्नलका देशभर २०० बढी रिटेलर रहेका छन्।
कम्पनीमा राजेन्द्र कुमार काब्राको ८५ प्रतिशत र सन्दीप कुमार मोहताको १५ प्रतिशत सेयर रहेको छ।
3
Shares
प्रतिक्रिया