ad ad

कारोबार


निगमका चार ग्राउन्डेड जहाजमध्ये एउटा आज बेलुकीबाट उड्ने

निगमका चार ग्राउन्डेड जहाजमध्ये एउटा आज बेलुकीबाट उड्ने

फाइल तस्बिर


नेपालखबर
साउन १, २०८० सोमबार १२:५७, काठमाडौँ

नेपाल वायु सेवा निगमले आफ्ना ग्राउन्डेड जहाजको अवस्थाबारे जानकारी गराएको छ। यीमध्ये एउटा जहाज मर्मतपश्चात् आजै बेलुकीसम्म उड्ने निगमले जनाएको छ। 

निगमका अनुसार N9-AKW जहाज आज बेलुकीदेखि उड्ने भएको हो। उक्त जहाजको दायाँ इन्जिनको एउटा ATTRITION LINING मा प्राविधिक समस्या देखिएकाले मर्मत भइरहेको र आज बेलुकीसम्ममा नियमित उडानमा पठाइने निगमले जानकारी दिएको छ। 

त्यसैगरी अर्को जहाज 9N-AKX को नियमित BORESCOPE Inspection गर्दा बायाँ इन्जिनको High Pressure Turbine Trailing Edge मा प्राविधिक समस्या देखिएकाले Approved Manual निर्माता कम्पनी (OEM) को सुझावअनुसार १० cycle मात्र उडान गर्न सकिने निगमले जनाएको छ। 

‘Engine Overhaul का लागि जाँदा लाग्ने ४ cycle बाँकी राखी ६ cycle उडान भरेपश्चात् उक्त जहाज न्चयगलमभम गरिएको र यथाशीघ्र इन्जिन मर्मत (Overhaul) गराउने प्रक्रियागत कार्य अगाडि बढाइसकिएको छ’, निगमद्वारा जारी विज्ञप्तिमा भनिएको छ। 

निगमसँग भएका दुईवटा  A-320 जहाजमा एकै समयमा चरा ठोकिएका कारण इन्जिनमा प्राविधिक समस्या आई ग्राउन्डे भएको छ।  उपलब्ध अन्य जहाजबाट पूर्वनिर्धारित उडान सञ्चालन गरिएको जानकारी गराउँदै यसबाट यात्रु वर्गमा पर्न गएको असुविधाप्रति निगमले क्षमा मागरेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .