ad ad

कारोबार


आईएमई पेमा अन्तर्राष्ट्रिय रेमिट्यान्स प्राप्त गर्दा ‘उपहारको बहार’

आईएमई पेमा अन्तर्राष्ट्रिय रेमिट्यान्स प्राप्त गर्दा ‘उपहारको बहार’

नेपालखबर
साउन ४, २०८० बिहिबार १९:४८, काठमाडौँ

‘आईएमई पे’ ले ‘रेमिट्यान्समा उपहारको बहार’ नामक नयाँ अफर सार्वजनिक गरेको छ। अन्तर्राष्ट्रिय रेमिट्यान्स प्राप्त गर्ने ग्राहकलाई लक्षित गर्दै आईएमई पेले यो अभियान सुरु गरेको हो। सो अफर यही साउन १ गते देखि साउनको अन्त्य सम्म चल्ने छ।

यो अफर अन्तर्गत विदेशबाट पठाइएको रेमिट्यान्सको रकम आईएमई पे वालेटमा दाबी गरी प्राप्त गर्ने ग्राहक मध्ये प्रत्येक हप्ता एक भाग्यशाली विजेताले स्मार्टफोन पाउनेछन्।

साथै, अफरको अन्त्यमा एक जना भाग्यशाली ग्राहकलाई बम्पर उपहार स्वरुप अत्याधुनिक प्रविधिको ल्यापटप प्रदान गरिने कम्पनीले जनाएको छ।

यस अफर अन्तर्गत रहेका साप्ताहिक तथा मासिक विजेताहरुको पुरस्कार वितरणको तस्बिर तथा भिडियो आईएमई पेको सामाजिक सञ्जालमा प्रकाशन गरिने छ।  

कम्पनीका अनुसार यो अफर ग्राहकलाई विद्युतीय माध्यम मार्फत सहजै आफ्नो वालेटमा रेमिट्यान्स प्राप्त गरी विधुत्तिय भुक्त्तानी गर्न प्रेरित गर्ने उदेश्यका साथ सुचारु गरिएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .