ad ad

कारोबार


एनसेलले ल्यायो ‘बिन्दास डेटा प्याक’

एनसेलले ल्यायो ‘बिन्दास डेटा प्याक’

नेपालखबर
साउन १५, २०८० सोमबार १४:५३, काठमाडौँ

ग्राहकले अब जुनसुकै समय, जुनसुकै ठाउँ र प्रयोजनका लागि ५ घण्टाको अनलिमिटेड डेटाबाट फाइदा लिन सक्छन्। एनसेल आजियाटा लिमिटेडले प्रयोगको समयमा आधारित आकर्षक अफर ‘बिन्दास डेटा प्याक’ ल्याएको छ।

एनसेलका ग्राहकहरूले सजिलैसँग कर सहित रु. ७५ मा यो प्याक लिन सक्छन्। प्याकको समयावधि ३ दिनको रहेको छ। यसको अर्थ, ग्राहकहरूले कुनै डेटा भोल्युम सीमा बिना ३ दिनसम्म कूल ५ घण्टाको लागि अनलिमिटेड डेटा सेवा पाउँछन्।

ग्राहकले एष्ट्रिक्स१७१२३एष्ट्रिक्स३ह्यास डायल गरि यो प्याक लिन सक्छन्। त्यसैगरी एनसेल एप, एनसेलको वेबसाइट र नजिकैको एनसेलको आधिकारिक खुद्रा बिक्रेताबाट पनि यो प्याक लिन सकिन्छ।

सुलभ दरमा निश्चित अवधिका लागि डेटा सेवा आवश्यक रहेका ग्राहकहरुका लागि यो बिन्दस डेटा प्याक उत्तम विकल्प हुने एनसेलले जनाएको छ।

हालै मात्र, कम्पनीले बिन्दस भ्वाइस प्याक पनि ल्याएको छ जसमा ग्राहकहरूले कर सहित मात्र रु.२५ मा १२ घण्टा (बिहान ५ बजेदेखि साँझ ५ बजेसम्म) कुनै पनि नेटवर्कमा कुराकानी गर्न मिल्ने टक टाइम लिन सक्छन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .