ad ad

कारोबार


ललितपुरमा सवा करोडमै घर, प्रतिआना पौने १५ लाखमै जग्गा

वैदेशिक रोजगारीमा रहेकाहरूलाई ८० प्रतिशतसम्म फाइनान्स सुविधा
ललितपुरमा सवा करोडमै घर, प्रतिआना पौने १५ लाखमै जग्गा

नेपालखबर
साउन २०, २०८० शनिबार ११:१२, काठमाडौँ

ललितपुरको लेलेमा हाउजिङसहित घडेरी बिक्री भैरहेको छ। ‘हेरिटेज ह्याभन हिल्स’ले २८ वटा साढे २ तलाका भिल्लासँगै आफैँ घर बनाउनेका लागि १०२ वटा घडेरीको बुकिङ खुला गरेको हो।

द पीएम ग्रुप अफ कम्पनी प्रालि र युवा विकासको सहकार्यमा हाउजिङ र घडेरी बिक्री भइरहेको छ। ललितपुर गोदावारी नगरपालिका वडा नम्बर ५ लेले मुख्य सडकबाट नजिक ठूलो र सुविधा-सम्पन्न हाउजिङ र प्लटिङ बिक्री भैरहेका हुन्। 

युवा विकासका विजय महतोले आयोजना निर्माणकै चरणमा रहेको जानकारी दिए।

‘बंगालाहरु बनिसकेका छैनन्। निर्माणकै चरणमा रहेका छन्,’ विजय भन्छन्,‘प्लटिङ लगायत कन्स्ट्रक्सनको काम भैरहेको छ।’

५१ रोपनी जग्गाका १३० वटा टुक्रामा सुन्दर र सफा सहरको कल्पना गरी ४ आना २ दामदेखि माथि घडेरी बनाई प्लटिङ गरिएको छ।  

सातदोबाटो रिङरोडबाट १३.५ किलोमिटरको दूरीमा लेले बसपार्कसँगै भिल्ला निर्माण भैरहेका छन्। मुख्य सडक मार्गबाट २०० मिटरको दूरीमा यातायातको राम्रो सुविधा छ। आफ्नो जग्गा तथा आवासमा पञ्चमुखे बाटो प्रयोग गरी पुग्न सकिन्छ।

उक्त ठाउँमा तत्काल घर बनाएर बस्न सकिन्छ। हाल २८ वटा साढे २ तलाको बंगला बनिरहेका छन्।

हेरिटेज हिल्सका अनुसार ४ आना २ दाममा बन्ने बंगलाको मूल्य १ करोड २५ लाख रुपैयाँ राखिएको छ।

जग्गामा २० फिट र १६ फुटे सरकारी मापनको बाटो, ५ वर्षसम्मको ५५ प्रतिशतसम्म फाइनान्सको सुविधा छ।

चारैतिर प्राकृतिक सौन्दर्यले भरिपूर्ण मनोरम दृश्य अवलोकन गर्न सकिन्छ। जग्गामा पिच रोड, पार्क, बिजुलीबत्ती र पानीको राम्रो सुविधा हुनेछ।

हेरिटेज कोलोनीले घडेरीको प्रतिआना १४ लाख ७५ हजार रुपैयाँ मात्र तोकेको छ। हाल जग्गाको बीच भागमा बंगला बनाउने र बाहिरी क्षेत्रलाई घडेरीका रुपमा बिक्री गरिररहेको कम्पनीले जनाएको छ।

कम्पनीले वैदेशिक रोजगारीमा भएकाहरुले जग्गा खरिद गर्न चाहेमा ८० प्रतिशतसम्म फाइनान्सको सुविधा उपलब्ध गराउने व्यवस्था गरेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .