ad ad

कारोबार


भारतको १७ करोड आर्थिक सहयोगमा बन्ने ४ वटा परियोजनामा सम्झौता

भारतको १७ करोड आर्थिक सहयोगमा बन्ने ४ वटा परियोजनामा सम्झौता

नेपालखबर
साउन १९, २०८० शुक्रबार १९:१, काठमाडौँ

भारत सरकारको अनुदान सहयोगअन्तर्गत नेपालमा कार्यान्वयन हुने चारवटा परियोजनाका लागि समझदारीपत्रमा हस्ताक्षर भएको छ। 

भारत सरकारको अनुदान सहयोगअन्तर्गत नेपालमा शिक्षा क्षेत्रका तीन र खानेपानी आपूर्ति तथा सरसफाइको एक गरी चार वटा उच्च प्रभाव सामुदायिक विकास परियोजनाको निर्माण अघि बढाउन सम्झौता भएको हो।

भारतीय राजदूतावास र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबीच शुक्रबार समझदारी पत्रमा हस्ताक्षर भएको हो। यी परियोजनाको अनुमानित लागत १७ करोड रुपैयाँ छ।

दूतावासका अनुसार दार्चुलाको शैल्यशिखर नगरपालिकास्थित गलैनाथ माध्यमिक विद्यालयको विद्यालय भवन निर्माण, दार्चुलाकै व्याँस गाउँपालिकास्थित हिमालय माध्यमिक विद्यालयको भवन निर्माण, संखुवासभाको चिचिला गाउँपालिकास्थित दिदिङ प्राथमिक विद्यालयको विद्यालय भवन निर्माण र उदयपुरको त्रियुगा नगरपालिकास्थित श्रीपुर खानेपानी आपूर्ति तथा सरसफाइ परियोजनाका लागि सम्झौता भएको हो।

यी परियोजनाको निर्माणले स्थानीय समुदायका लागि गुणस्तरीय शिक्षा र खानेपानी तथा सरसफाई सुविधा उपलब्ध गराउनुका साथै नेपाली जनताको जीवनस्तरमा सुधार ल्याउने दूतावासले जनाएको छ।

सन् २००३ यता भारतले नेपालका सातवटै प्रदेशमा स्वास्थ्य, शिक्षा, खानेपानी, कनेक्टिभिटी, सरसफाइका क्षेत्रमा र अन्य सार्वजनिक सुविधाको निर्माणमा ५४६ वटा उच्च प्रभाव सामुदायिक विकास परियोजनाहरु अघि बढाइसकेको छ। 

यीमध्ये ४८३ वटा परियोजना सम्पन्न भइसकेका छन्। बाँकी ६३ वटा परियोजना निर्माणाधीन अवस्थामा छन्। 

सबै परियोजनाको कूल लागत करिब १२ यस २० करोड (भारु ७ सय ६२ करोड) छ। यी परियोजना धेरैजसो सरकारको स्थानीय तहमार्फत कार्यान्वयन भएका हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .