ad ad

राजनीति


अर्थमन्त्री महत भन्छन् : कांग्रेसका नेताहरु एकले अर्कालाई गाली गर्दै बसिरहेका छन्

अर्थमन्त्री महत भन्छन् : कांग्रेसका नेताहरु एकले अर्कालाई गाली गर्दै बसिरहेका छन्

नेपालखबर
साउन १९, २०८० शुक्रबार १९:८, काठमाडौँ

नेपाली कांग्रेसका प्रवक्ता तथा अर्थमन्त्री डा. प्रकाशशरण महतले अनुशासनको कमी नेपाली कांग्रेसको कमजोरी भएको औंल्याएका छन्।

‘कुनै कुराको चित्त नबुझ्न सक्छ, त्यो भन्न पाइन्छ । तर, त्यो भन्ने ठाउँ, राख्ने ठाउँ र जाने ठाउँ हुन्छ । सामाजिक सञ्जालमा प्रचार गर्ने होइन’, उनले भने। 

कांग्रेसभित्रकै नेताहरु एकअर्कालाई गाली गरेर बसिरहेका उनले  बताए। ‘निर्वाचनमा भोट दिइरहेका छैनन्। यस्तो अवस्थामा कांग्रेसमा लाग्नु भन्ने शंसय उत्पन्न हुन्छ’, उनले भने। 

उनले आन्तरिक बहस उचित भए पनि गालीगलौज गलत भएको बताए। 

‘आन्तरिक रुपमा बहस हुनु ठीक छ। निष्कर्ष ननिस्केसम्म बहस हुनुपर्छ। तर निष्कर्ष निस्केपछि त्यो सबैले ग्रहण गर्नुपर्छ। त्यसपछि मात्र एकरुपता आउँछ, जनतामा एउटै सन्देश जान्छ’, उनले भने, ‘सामाजिक सञ्जाल उपयोग गरेर एकअर्कामा गालीगलौज गर्नु भनेको कांग्रेसमा सबै खराब रहेछन भन्ने सन्देश जानु हो। खराब सन्देश प्रवाह भयो भने कांग्रेसको जनमत बढ्दैन।’

महतले कांग्रेसले केन्द्रीय समिति बैठक प्रत्यक्ष प्रशारण गरेर भित्र एउटा कुरा गर्ने र बाहिर अर्कै रुपमा प्रस्तुत हुने सम्भावना टरेको बताए। 

नेपाली कांग्रेस पर्सा क्षेत्र नं. १ (ख) प्रदेशसभा क्षेत्रीय कार्यसमितिको प्रथम सम्मेलनलाई सम्बोधन गर्दै महतले केन्द्रीय समितिको बैठकमा यथार्थ जे थियो, त्यो बाहिर आएको बताए। 

नीति, सिद्धान्त र इतिहास बोकेको पार्टी कांग्रेस मात्रै भएको स्पष्ट पारे। ‘काम गर्ने पार्टी भनेकै नेपाली कांग्रेस हो, तर हाम्रा नेता खराब भनेर हिँडिराख्ने हाम्रै साथीहरुलाई रोग लागेको छ। यसबाट हामी मुक्त हुनुपर्छ’, उनले भने। 

महतले कांग्रेसका मन्त्रीहरुले धेरै राम्रो काम गरिरहेको बताए।

‘माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री हुनुहुन्छ, संख्यामा हाम्रा मन्त्रीहरु धेरै हुनुहुन्छ। कांग्रेसका मन्त्रीहरुले धेरै राम्रो काम गरिराख्नु भएको छ,’ नेता डा. महतले भने, ‘मैले पनि राम्रै काम गरेको छु भन्ने लाग्छ। नेपाली कांग्रेस जिम्मेवार पार्टी हो। जे अप्ठ्यारा र समस्या मैले देखें, त्यसको सम्बोधन गर्ने प्रयास गरिरहेको छु।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .