ad ad

कारोबार


अनुगमन रिर्पोटले भन्छ- चाडबाड नजिकिँदा कृतिम मूल्यवृद्धि सुरु भयो

अनुगमन रिर्पोटले भन्छ- चाडबाड नजिकिँदा कृतिम मूल्यवृद्धि सुरु भयो

नेपालखबर
साउन १९, २०८० शुक्रबार २१:३८, काठमाडौँ

चाडबाड सुरु हुनुअघि हरेक खाद्यवस्तुको मूल्य वृद्धि भएको छ। वाणिज्य उपभोक्ता तथा उपभोक्ता संरक्षण विभागको अनुगमनले नै मूल्यवृद्धि भइरहेको देखिएको हो। 

नेपालीहरूको चाडको मौसम सुरु हुँदै छ। चाडबाडमा दैनिक उपभोग्य वस्तु बढी खपत हुन्छ। त्यसलाई केन्द्रित गरेर थोकदेखि खुद्रा बजारसम्म मूल्यवृद्धि भएको छ। 

जनै पूर्णिमा, तीज हुँदै दशै तिहार र छठसम्मको अवधी नेपालको महत्वपूर्ण चाडबाडको समय हो। वर्षभरीमा खपत हुने केही वस्तुको आधा हिस्सा यहि चाडबाडको अवधीमा हुन्छ।

व्यापार व्यवसायको हिसावले पनि आय आर्जन हुने महत्वपूर्ण समय यही नै हो। 

यसलाई ‘टार्गेट’ गरेर होस् वा विभिन्न बहानामा मूल्यवृद्धि भएको बजार अनुमगन पर्ने महत्वपूर्ण जिम्मेवारी पाएको वाणिज्य विभागले बताएको छ। 

विभागका अनुसार मूल्यवृद्धि हुनमा धेरै कारण छ। तर खाद्य वस्तुमा कृतिम मूल्य वृद्धि समेत भएको छ। विभागले पछिल्लो समय गरेको अनुगमनले मूल्यवृद्धि धेरै खाद्य वस्तुमा भइरहेको देखाएको हो। 

विभागले उपलब्ध गराएको तथ्याङ्क अनुसार नेपालीहरूले प्रमुख खाद्यान्न चामलको मूल्य नै प्रतिबोरा १ सय देखि २ सय रुपैयाँ सम्म बढेको छ। खुद्रा पसलहरूको चामलको जात र ठाउँ अनुसार मूल्यवृद्धि भएको हो। थोक बिक्रेताबाट भने प्रतिबोरा बढिमा ५० रुपैयाँ मात्रै मूल्यवृद्धि भएको विभागको अनुमगनले देखाएको छ। 

चीनीको मूल्यमा पनि सामान्य वृद्धि भएको छ। तेलको मूल्य वृद्धि भएको छैन। रहर दाल र चनाको मूल्य प्रतिकेजी २० देखि ३० प्रतिशत भएको छ।  आटा पिठोको मूल्य प्रतिकेजी १० रुपैयाँसम्म वृद्धि भएको छ। 

विभागको तथ्याङ्कले यसरी चामल बिक्रिमा मूल्य बढाउनुमा मुख्य कारण भारतले चामल आयतमा गरेको प्रतिबन्ध पनि जोडिएको छ। जसलाई बजार अनुमगन गरेर नै नियन्त्रण गर्ने वणिज्य विभागको योजना छ। 

‘दशैं तिहारको लागि थप कर्मचारीसमेत माग गरे बजार अनुमगन बढाइने छ। त्यसबाट मूल्यवृद्धि नियन्त्रणमा लिइनेछ,’ विभागका महानिर्देशक गजेन्द्र ठाकुरले भने।

तर केही वस्तुमा मूल्य अन्तर्राष्ट्रिय बजार भाउ बाटै भएको पनि देखिने उनले बताए। विश्व बजारमै महँगो हुँदा नेपालमा पनि त्यसको प्रभाव देखिएको छ। जिरा लगायतका वस्तुहरूको मूल्य भारत लागायतका देशहरूमा नै वृद्धि भैरहेको उनको भनाई छ। 

उता, उपभोक्ता अधिकारकर्मी ज्योति बनियाँ भने चाडपर्वको अवधी भनेको कालरात्री जस्तै हुने गरेको बताउँछन्। 

‘नेपालको हकमा मूल्य वृद्धि चाडबाडमा धेरै हुन्छ। त्यो सुरु भएको छ,’  उनले भनिन्, ‘यसलाई अवसरको रुपमा ब्यापारीहरुले लिएको कारणले मूल्यवृद्धि भएको छ।’ सरकारले यसमा आवश्यक रणनीति लिनुपर्ने उनको भनाई छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .