वाणिज्य बैंकहरुले गत वर्षको वित्तीय विवरण सार्वजनिक गरेका छन्।
सञ्चालनमा रहेका २० वटै वाणिज्य बैंकले आर्थिक वर्ष २०८९/०८० को वित्तीय विवरण सार्वजनिक गरेका हुन्। जसमध्ये दुई वाणिज्य बैंकले सेयरधनीलाई लाभांश वितरण दिन नसक्ने देखिएको छ।
कुमारी बैंक र हिमालयन बैंकको वितरणयोग्य नाफा ऋणात्मक छ। यद्यपी यी बैंकको लाभांश क्षमता नै नकारात्मक देखिएको हो। त्यसैगरी अन्य १८ वाणिज्य बैंकले आफ्ना सेयरधनीलाई लाभांश दिन सक्नेछन्।
साथै, गत वर्ष चार वटा वाणिज्य बैंकले लाभांश बाँड्न पाएका थिएनन्। एनआईसी एशिया, माछापुच्छ्रे बैंक र हालै मर्ज भई एकीकृत कारोबार गरेका लक्ष्मी सनराइज बैंकले क्यापिटल एडुकेसी रेसियोको सीमा नपुगेका कारण लाभांश बाँड्न पाएका थिएनन्।
गत वर्ष लाभांश बाँड्न नपाएका बैंकको लाभांश क्षमता कति?
माछापुच्छ्रे बैंकले गत आवमा १ अर्ब ५६ करोड ८७ लाख रुपैयाँ वितरणयोग्य नाफा कमाएको छ। त्यसैगरी चुक्ता पुँजी १० अर्ब २५ करोड ७१ लाख छ। जसअनुसार बैंकले गत आवको नाफाबाट सेयरधनीलाई १५.२९ प्रतिशत लाभांश बाँड्ने क्षमता देखिन्छ।
एनआइसी एसियाले गत आवमा ३ अर्ब ६९ करोड ८८ लाख रुपैयाँ वितरणयोग्य नाफा कमाएको छ। हाल कायम चुक्ता पुँजी ११ अर्ब ५६ करोड ४० लाख हुँदा बैंकले गत आवको नाफाबाट ३१.९९ प्रतिशत लाभांश वितरण गर्न सक्ने देखिन्छ।
लक्ष्मी सनराइज बैंकले गत आवमा १ अर्ब ९३ करोड ७१ लाख रुपैयाँ वितरणयोग्य नाफा कमाएको छ। हाल बैंकको कायम चुक्ता पुँजी २१ अर्ब ६७ करोड छ। जसअनुसार बैंकले गत आवको नाफाबाट सेयरधनीलाई ८.९४ प्रतिशत लाभांश बाँड्ने क्षमता देखिएको छ।
एभरेष्ट बैंकले गत आवमा ४ अर्ब ३३ करोड ३२ लाख रुपैयाँ वितरणयोग्य नाफा कमाएको छ। बैंकको कायम चुक्ता पुँजी १० अर्ब ६९ करोड ८० लाख रुपैयाँका आधारमा सेयरधनीलाई ४०.५० प्रतिशत लाभांश वितरणको क्षमता देखिएको छ।
स्ट्यान्डर्ड चार्टर्ड बैंकले गत आवमा २ अर्ब ७३ करोड ३९ लाख रुपैयाँ वितरणयोग्य नाफा कमाएको छ। बैंकको चुक्ता पुँजी ९ अर्ब ४२ करोड ९४ लाख छ। जसअनुसार बैंकले गत आवको नाफाबाट सेयरधनीलाई २८.९९ प्रतिशत लाभांश बाँड्ने क्षमता देखिएको छ।
सानिमा बैंकले गत आवमा सानिमा बैंकले २ अर्ब २० करोड ९६ लाख रुपैयाँ वितरणयोग्य नाफा आर्जन गरेको थियो। बैंकको हाल कायम चुक्ता पुँजी १२ अर्ब ४६ करोड १ लाख रुपैयाँ छ। जसअनुसार गत आवको नाफाबाट बैंकले १७.७३ प्रतिशत लाभांश दिने क्षमता देखिएको छ।
नेपाल एसबीआई बैंकले गत आवमा १ अर्ब ४१ करोड १० लाख रुपैयाँ वितरणयोग्य नाफा कमाएको छ। हाल बैंकको कायम चुक्ता पुँजी १० अर्ब १२ करोड ६ लाख रुपैयाँ छ। जसअनुसार बैंकले गत आवको नाफाबाट सेयरधनीलाई १३.५९ प्रतिशत लाभांश बाँड्ने क्षमता देखिएको छ।
राष्ट्रिय वाणिज्य बैंकले गत आवमा १ अर्ब १ करोड २ लाख रुपैयाँ वितरणयोग्य नाफा कमाएको छ। हाल बैंकको कायम चुक्ता पुँजी १५ अर्ब ६३ करोड ७३ लाख छ। जसअनुसार बैंकले गत आवको नाफाबाट सेयरधनीलाई ११.५९ प्रतिशत लाभांश बाँड्ने क्षमता देखिएको छ।
एनएमबी बैंकले गत आवमा १ अर्ब ५५ करोड ५० लाख रुपैयाँ वितरणयोग्य नाफा कमाएको छ। हाल बैंकको कायम चुक्ता पुँजी १८ अर्ब ३६ करोड ६७ लाख छ। जसअनुसार बैंकले गत आवको नाफाबाट सेयरधनीलाई ८.४४ प्रतिशत लाभांश बाँड्ने क्षमता देखिएको छ।
ग्लोबल आइएमई बैंकले गत आवमा २ अर्ब ९५ करोड ६९ लाख रुपैयाँ वितरणयोग्य नाफा कमाएको छ। हाल बैंकको कायम चुक्ता पुँजी ३५ अर्ब ७७ करोड १० लाख छ। जसअनुसार बैंकले गत आवको नाफाबाट सेयरधनीलाई ८.२७ प्रतिशत लाभांश बाँड्ने क्षमता देखिएको छ।
सिटिजन्स बैंकले गत आवमा १ अर्ब ३ करोड ७२ लाख रुपैयाँ वितरणयोग्य नाफा कमाएको छ। हाल बैंकको कायम चुक्ता पुँजी १४ अर्ब २० करोड छ। जसअनुसार बैंकले गत आवको नाफाबाट सेयरधनीलाई ७.३० प्रतिशत लाभांश बाँड्ने क्षमता देखिएको छ।
नेपाल बैंकले गत आवमा ९७ करोड ३३ लाख रुपैयाँ वितरणयोग्य नाफा कमाएको छ। हाल बैंकको कायम चुक्ता पुँजी १४ अर्ब ६९ करोड ४० लाख छ। जसअनुसार बैंकले गत आवको नाफाबाट सेयरधनीलाई ६.६२ प्रतिशत लाभांश बाँड्ने क्षमता देखिएको छ।
कृषि विकास बैंकले गत आर्थिक वर्षमा २ अर्ब ७१ लाख रुपैयाँ वितरणयोग्य नाफा कमाएको छ। चुक्ता पुँजी १३ अर्ब ४५ करोड १६ लाख रुपैयाँ हुँदा गत आवको नाफाबाट बैंकले सेयरधनीहरुलाई १४.५२ प्रतिशत लाभांश वितरण क्षमता देखिएको छ।
सिद्धार्थ बैंकले गत आवमा ७९ करोड ५७ लाख रुपैयाँ वितरणयोग्य नाफा कमाएको छ। हाल बैंकको कायम चुक्ता पुँजी १४ अर्ब ८ करोड ९९ लाख हो। जसअनुसार बैंकले गत आवको नाफाबाट सेयरधनीलाई ५.६५ प्रतिशत लाभांश बाँड्ने क्षमता देखिएको छ।
प्राइम कमर्सियल बैंकले गत आवमा २० करोड ४८ लाख रुपैयाँ वितरणयोग्य नाफा कमाएको छ। हाल बैंकको कायम चुक्ता पुँजी १९ अर्ब ४० करोड २५ लाख छ। जसअनुसार बैंकले गत आवको नाफाबाट सेयरधनीलाई १.०६ प्रतिशत लाभांश बाँड्ने क्षमता देखिएको छ।
।
प्रभु बैंकले गत आवमा १६ करोड १६ लाख रुपैयाँ वितरणयोग्य नाफा कमाएको छ। हाल बैंकको कायम चुक्ता पुँजी २३ अर्ब ५४ करोड २४ लाख छ। जसअनुसार बैंकले गत आवको नाफाबाट सेयरधनीलाई ०.६९ प्रतिशत लाभांश बाँड्ने क्षमता राख्छ।
नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले गत आवमा १५ करोड ३ लाख रुपैयाँ वितरणयोग्य नाफा कमाएको छ। हाल बैंकको कायम चुक्ता पुँजी ३४ अर्ब १२ करोड २ लाख छ। जसअनुसार बैंकले गत आवको नाफाबाट सेयरधनीलाई ०.४६ प्रतिशत लाभांश बाँड्ने क्षमता देखिएको छ।
।
नबिल बैंकले गत आवमा ३ अर्ब ९६ करोड १० लाख रुपैयाँ वितरणयोग्य नाफा कमाएको छ। हाल बैंकको कायम चुक्ता पुँजी २७ अर्ब ५ करोड ६९ लाख छ। जसअनुसार बैंकले गत आवको नाफाबाट सेयरधनीलाई १४.६४ प्रतिशत लाभांश बाँड्ने क्षमता राख्छ।
कुमारी र हिमालयनको वितरण योग्य नाफा ऋणात्मक
कुमारी बैंक र हिमालयन बैंकको वितरणयोग्य नाफा ऋणात्मक छ। वितरणयोग्य नाफा ऋणत्मक हुँदा यी बैंकले सेयरधनीलाई गत आवको नाफाबाट लाभांश वितरण गर्ने क्षमता समेत ऋणात्मक नै छ।
Shares
प्रतिक्रिया