ad ad

कारोबार


टिकेन सेयरबजारको वृद्धिदर, सूचक र कारोबार रकम दुवै घटे

टिकेन सेयरबजारको वृद्धिदर, सूचक र कारोबार रकम दुवै घटे

नेपालखबर
माघ ६, २०७६ सोमबार ९:३६,

सेयरबजारमा आज सूचक र कारोबार रकम दुवै घटेका छन्। नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से सूचक २६.५४ अंकले ओरालो लागेको हो। ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सिटिभ सूचक पनि ४.८६ अंकले घटेको छ।

अघिल्लो दिन ३३ अंकले बढेको सेयरबजार दोस्रो दिन उल्टिएको हो। आइतबार दोहोरो अंकले सूचक बढ्दा २ अर्ब ९ करोडको कारोबार भएको थियो। तर सोमबार भने १ अर्ब ९७ करोडको कारोबार भएको छ। आज १ सय ८२ कम्पनीको ५८ लाख ४६ हजार कित्ता सेयर बिक्री भएका छन्। दिनभरिमा २० हजार ४ सय ४६ पटक कारोबार भएका थिए।

कुल १२ समूहमध्ये सबै समूहको सूचकहरु घटेका छन्। आज सबैभन्दा बढी जीवन बीमा १५४.६५, निर्जीवन बीमा ११६.३१ अंकले घटेका छन्। कारोबारका आधारमा आज पनि हिमालयन डिस्टिलरी लिमिटेडको २० करोडको सेयर कारोबार भएको छ। त्यस्तै एनसीसी बैंकको १३ करोडको, नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको ९ करोडको, प्रभु बैंकको ६ करोडको, एनआईसी एसिया बैंकको ५ करोड ९८ लाखको, शिवम् सिमेन्टको ५ करोड ८० लाखको सेयर कारोबार भएको छ।

कमाउनेमा भने आज मल्टिपर्पोस फाइनान्स कम्पनी अगाडि छ। कम्पनीको सेयर मूल्य ९.७७ प्रतिशतले बढ्दा सेयरधनीले १३ रुपैयाँ प्रतिकित्ता आम्दानी गरेका छन्। त्यस्तै ग्लोबल आईएमई बैंक लिमिटेडको सेयरमूल्य ९.७२ प्रतिशतले, सूर्या लाइफ इन्स्योरेन्स कम्पनीको २.६१ प्रतिशतले कारोबार बढेको छ।

गुमाउनेमा आज पाँचथर पावर कम्प्यान्ट लिमिटेडले सबैलाई उछिनेको छ। कम्पनीको सेयर १० प्रतिशतले घट्दा सेयरधनीले १४ रुपैयाँ प्रतिकित्ता गुमाएका छन्। त्यस्तै, सामुदायिक लघुवित्त वित्तीय संस्था, हिमालयन पावर पार्टनर, पोखरा फाइनान्स लिमिटेड कम्पनीका सेयरधनीले गुमाएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .