ad ad

कारोबार


ऐना युनिसेक्स सलुन तेस्रो वर्षमा, दीपाश्रीले भनिन् : छोरीहरूको प्रगतिका लागि उभिन्छु (तस्बिर)

ऐना युनिसेक्स सलुन तेस्रो वर्षमा, दीपाश्रीले भनिन् : छोरीहरूको प्रगतिका लागि उभिन्छु (तस्बिर)

नेपालखबर
साउन २९, २०८० सोमबार १३:८, काठमाडौँ

ऐना युनिसेक्स सलुनले दोस्रो वार्षिकोत्सव मनाएको छ। काठमाडौं थापाथलीस्थित ब्लुबर्ड मलमा रहेको सलुन आजबाट तेस्रो वर्षमा प्रवेश गरेको छ।

यो सलुन दोलखाकी खुसी पाठकले सञ्चालन गर्दै आएकी छिन्। पाठकले अमेरिकाबाट फर्किएपछि व्यवसाय सुरु गरेकी थिइन्।

सलुनको दोस्रो वार्षिकोत्सवमा बोल्दै पाठकले आफू जस्तै देश छोडेर हिँडेका युवालाई स्वदेश फर्किएर केही गर्नका लागि उत्प्रेरणा मिलोस् भनेर सलुन सञ्चालन सुरु गरेको बताइन्।

सलुनको वार्षिकोत्सवमा सरिक कलाकार दीपाश्री निरौलाले छोरीहरुको प्रगतिका लागि आफू जस्तो अवस्थामा पनि उभिने बताइन्।

निरौलाले भनिन्, ‘थुप्रै युवाहरुले देश छोड्ने सपना सहित परदेश जाने सपना देखिरहेका बेला अमेरिका पुगेर पनि आफ्नै देशमा केही गरौं भन्ने सोच बोकेर आएकी खुशीको व्यवसाय लोकप्रिय हुँदै जाओस्। म छोरीहरुका सफलतामा बधाई दिन यसैगरी उभिरहन पाउँ।’

ऐना युनिसेक्स सलुनकी फाउण्डर खुसी पाठकले सलुनको दुई वर्षे यात्रालाई हेर्दा आफू केही सफल भएको बताइन्। भनिन्, ‘म मेरो व्यवसायमा सलुनमा काम गर्ने साथीहरुका कारण सफल छु। तथापी व्यवसाय बिस्तारका लागि हाम्रो संघर्ष जारी छ।’

खुशीले वार्षिकोत्सव मनाइरहँदा आफ्नो सलुनमा आउने ग्राहकलाई पनि सम्झना गरिन्। भनिन्, ‘टाढा–टाढाबाट ग्राहकहरु आउनुहुन्छ, एकपटक आएपछि उहाँहरु हामीलाई सम्झिएर पटक पटक आउनुहुन्छ। उहाँहरुको मायाले गर्दा नै म आज दोस्रो वार्षिकोत्सव मनाउन सफल भएकी छु।’

ऐनाको वार्षिकोत्सवमा दीपाश्रीका साथमा कलाकार मदनदास श्रेष्ठ, निर्मल शर्मा लगायतको उपस्थिती थियो।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .