आज नेप्से २०.३१ अंकले घटेको छ। आज नेप्से २०.३१ अंकले घटेर २०२५.१२ विन्दुमा झरेको हो। नेप्से परिसूचक घटेसँगै कारोबार रकम समेत घटेको छ।
आज १ अर्ब ६७ करोडको कारोबार भएको छ। अघिल्लो कारोबार दिन (मंगलबार) नेप्सेमा २ अर्ब ९ करोडको कारोबार भएको थियो।
आज २०४४.०५ विन्दुमा खुलेको बजारमा ०.९९ प्रतिशतको गिरावट देखिएको छ। आज कारोबारमा मध्ये ३४ कम्पनीको सेयरमूल्य बढेको छ। आज १८५ कम्पनीको सेयरमूल्यमा गिरावट आएको हो।
आज १३ उपसमुहमा गिरावट देखिएको छ। आज हाइड्रोपावर उपसमुहको सबैभन्दा धेरै १.८५ प्रतिशतले गिरावट आएको छ।
आज सनराइज फोकस इक्वीटी फण्डको सर्वाधिक ४ प्रतिशतले सेयरमूल्य घटेको छ। त्यसैगरी बलेफि हाइड्रोपावरको ३.९९ प्रतिशत र स्वरोजगार लघुवित्तको सेयरमूल्य ३.७७ प्रतिशतले घटेको छ।
आज हिमालयन डिष्टिलरी लिमिटेडको सर्वाधिक ८ करोड ४१ लाखको कारोबार भएको छ।
27
Shares
प्रतिक्रिया