नेसनल फन्ड म्यानेजमेन्ट लिमिटेडले आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट ४.२१ प्रतिशत लाभांश दिने भएको छ।
सञ्चालक समितिको साउन ३० गते रजिष्टर्ड कार्यालय, कुपण्डोलमा बसेको १५ औं बैठकले आगामी वार्षिक साधारण सभाबाट स्वीकृत भएपछि सो लाभांश वितरण गर्ने निर्णय गरेको हो।
नेसनल फन्ड २०७९ साल मंसिर २० गते स्थापना भई मिति २०७९ चैत २१ गते नेपाल धितोपत्र बोर्डबाट प्राइभेट इक्वीटी, भेन्चर क्यापिटल तथा हेज फन्ड सञ्चालन गर्न इजाजत प्राप्त संस्था हो।
15
Shares
प्रतिक्रिया