सिंगापुर प्रहरीले मनी लाउन्डरिङविरुद्ध चलिरहेको अभियानअन्तर्गत छापा मारेर एक अर्ब डलर बराबरको सम्पत्ति जफत गरेको छ।
यसमा महँगा कार, विलासी घर, डिजाइनर ह्यान्डब्यागसहित नगद छन्।
यस घटनामा हालसम्म १० जना पक्राउ परेका छन्। प्रहरीले उनीहरुबाट विदेशी राहदानीसमेत बरामद गरेको छ।
यी मानिसहरू चीन, कम्बोडिया, टर्की र भानुआटुलगायत देशका नागरिक भएको बताइएको छ।
तर सिंगापुरमा यस प्रकारको छापा विरलै हुने गरेको छ। किनभने सिंगापुरमा अपराध दर विश्वका अन्य देशको तुलनामा निकै कम छ।
सिंगापुर प्रहरीको वाणिज्य मामिला विभागका निर्देशक डेभिड च्युले भने- सिंगापुरलाई अपराधीका लागि सुरक्षित आश्रयस्थल बन्न हामी कदापि दिँदैनौं।
96
Shares
प्रतिक्रिया