ad ad

कारोबार


विदेशी विनिमय सञ्चिति २६.६ प्रतिशतले बढ्यो, ११.७ महिनाको वस्तु आयात धान्ने

विदेशी विनिमय सञ्चिति २६.६ प्रतिशतले बढ्यो, ११.७ महिनाको वस्तु आयात धान्ने

नेपालखबर
भदौ १, २०८० शुक्रबार १३:५८, काठमाडौँ

गत वर्ष विदेशी विनिमय सञ्चिति २६.६ प्रतिशतले बढेको छ। राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको गत वर्षको तथ्यांकअनुसार विदेशी विनिमय सञ्चिति २६.६ प्रतिशतले बढेर १५३९ अर्ब ३६ करोड पुगेको छ।

२०७९ असार मसान्तमा यस्तो सञ्चिती १२१५ अर्ब ८० करोड थियो। साथै, अमेरिकी डलरमा यस्तो सञ्चिति २०७९ असार मसान्तमा ९ अर्ब ५४ करोड रहेकोमा २०८० असार मसान्तमा २३.१ प्रतिशतले बढेर ११ अर्ब ७४ करोड कायम भएको छ।

कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०७९ असार मसान्तमा १०५६ अर्ब ३९ करोड रहेकोमा २०८० असार मसान्तमा २७.४ प्रतिशतले बढेर १३४५ अर्ब ७८ करोड कायम भएको छ।

बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०७९ असार मसान्तमा १५९ अर्ब ४१ करोड रहेकोमा २०८० असार मसान्तमा २१।४ प्रतिशतले वृद्धि भई रु।१९३ अर्ब ५९ करोड पुगेको छ।

२०८० असार मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २२.५ प्रतिशत रहेको छ ।

आर्थिक वर्ष २०७९÷८० को आयातलाई आधार मान्दा बैंकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति ११.७ महिनाको वस्तु आयात र १० महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ।

२०८० असार मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरु क्रमशः २८.६ प्रतिशत, ८३.० प्रतिशत र २५.१ प्रतिशत रहेका छन्।

२०७९ असार मसान्तमा यी अनुपातहरु क्रमशः २४.६ प्रतिशत, ५७८ प्रतिशत र २२.१ प्रतिशत रहेका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .