प्रभु क्यापिटल लिमिटेडका हितग्राही खाताहरुलाई ‘गुह्येश्वरी डेन्टल मल्टिस्पेसिलिटी एण्ड इम्प्लान्ट हब प्रालि’मा विशेष छुटको व्यवस्था गरिएको छ।
प्रभु क्यापिटलमा डिम्याट खाता खोलेका सम्पूर्ण हितग्राही ग्राहकहरुको डेन्टलसम्बन्धी कुनै पनि उपचार गर्दा लाग्ने खर्चको लागि‘गुह्येश्वरी डेन्टल मल्टिस्पेसिलिटी एण्ड इम्प्लान्ट हब प्रालि’मासँग भदौ १ गते सम्झौता गरेको कम्पनीले जनाएको छ।
सम्झौतापत्रमा क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत आशिष गौचन र ‘गुह्येश्वरी डेन्टल मल्टिस्पेसिलिटी एण्ड इम्प्लान्ट हब प्रालि’को तर्फबाट सञ्चालक दिपेश गोर्खालीले हस्ताक्षर गरेका हुन्।
क्यापिटलका ग्राहकहरुले ‘गुह्येश्वरी डेन्टल मल्टिस्पेसिलिटी एण्ड इम्प्लान्ट हब प्रालि’मा मा सेवा लिँदा १५ प्रतिशत छुट पाउन सक्छन् ।
यो अफरको लाभ क्यापिटलका हितग्राही ग्राहकले छुट सम्झौता भएको मितिबाट १ वर्ष सम्म लिन सक्नेछन् ।
ललितपुर, पुलचोकमा रहेको ‘गुह्येश्वरी डेन्टल मल्टिस्पेसिलिटी एण्ड इम्प्लान्ट हब प्रालि’ अत्याधुनिक उपकरणबाट सेवा प्रदान गरिरहेको छ ।
यस ‘गुह्येश्वरी डेन्टल मल्टिस्पेसिलिटी एण्ड इम्प्लान्ट हब प्रालि’ बाट ग्राहकहरुले डेन्टल चेकअप, डेन्टल फिलिङ्ग, तिथ ब्लीचिंग, डेन्टल एक्सट्राक्सन, तथा अन्यसेवा लिन सकिने क्यापिटलले जनाएको छ ।
हाल प्रभु क्यापिटलले २ लाख ३० हजार माथि हितग्राही ग्राहकलाई डीपी सेवा प्रदान गरिरहेको छ ।
Shares
प्रतिक्रिया