ad ad

कारोबार


साउनमा विद्युतीय गाडीको आयात आधाले घट्यो

साउनमा विद्युतीय गाडीको आयात आधाले घट्यो

नेपालखबर
भदौ ६, २०८० बुधबार १६:४७, काठमाडौँ

साउन महिनामा विद्युतीय गाडीको आयात आधाले घटेको छ। २०७९ साउन महिनामा २११ वटा विद्युतीय कार भित्रिएकोमा २०८० साउनमा ११५ वटा मात्रै भित्रिएका छन्।

भन्सार विभागको तथ्यांक अनुसार ५० किलोवाटसम्मका गाडी भारतबाट मात्रै भित्रिएका छन्। ५० किलोवाटका २१ गाडी भित्रिएका छन्। ५१ देखी १०० किलोवाटसम्मका भने चीनबाट ७५ वटा भित्रदाँ भारतबाट ६ वटा मात्रै भित्रिएका छन्। १०० किलोवाट भन्दा माथीका ११ वटा गाडी चीनबाट भित्रिएका छन्।

साउनमा ३४ करोड रुपैयाँको विद्युतीय गाडी आयात भएका छन्। अघिल्लो वर्ष ६२ करोड रुपैयाँ बराबरका विद्युतीय गाडी आयात भएका थिए। नेपालमा विक्री हुने ब्रान्डमा भारतबाट मुख्यत टाटा, चीनबाट बीवाईडी, एमजी, नेटा भी भित्रने गरेका छन्।

अघिल्लो वर्ष १०० किलोवाटसम्म भारतबाट १२५ र चाइनाबाट ३८, कोरियाबाट ४२ वटा गाडी आयात भएका थिए। गत वर्ष १०० किलोवाट माथीका गाडीमा कर बढाउँदा ६ वटा गाडी मात्रै कोरिया र अमेरिकाबाट भित्रिएका थिए। कोरियाबाट हुन्डाई र किया विद्युतीय गाडी भित्रने गरेका छन्।

विद्युतीय गाडीको मात्रै नभई दुईपांग्रे सवारी साधन एक महिनामा १२ हजार मात्रै आयात भएका छन्। गत वर्ष १८ हजार ७२४ वटा दुईपांग्रे गाडी भित्रिएका थिए।

त्यस्तै पेट्रोल इन्जिनका कार÷जिप २३६ वटा भित्रदाँ ५७ वटा डिजेल इन्जिन भएका गाडी भित्रिएका छन्।

साउन महिनामा कुल ४ अर्ब ३८ करोड रुपैयाँको आयात भएको थियो। अघिल्लो वर्ष ४ अर्ब ६४ करोडको कुल आयात भएको थियो। जबकी गतवर्ष साउनमा डिजेल÷पेट्रोलका निजी यात्रुबाहक सवारी आयातमा रोक लागेको थियो।

व्यवसायीका अनुसार आयात घट्नुमा बजेट अघि भित्राएका केही गाडी बाँकी रहेका छन्। गत वर्षजस्तो समग्र गाडीको माग पनि नभएकाले आयात घटेको बताएका छन्। भदौ अन्तिममा नाडा अटो शोसँगै चार्डपर्व सुरु हुँदा साउनको तुलनामा बिक्री बढ्ने व्यवसायी बताउँछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .