हिमालयन बैंक लिमिटेड र विप्रेषणको कारोवार गर्दै आएको मलेसियन कम्पनी म्याक्स मनीबीच विगतका कारोबारको रकम चुक्ता गर्ने सम्झौता भएको छ।
मंगलबार बैंक र म्याक्स मनी एसडीएनबीएचडीबीच विगतमा भएको विप्रेषणको भुक्तानी रकम राफसाफ गर्ने सम्झौता पत्रमा हस्ताक्षर भएको हो।
हिमालयन बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शम्सेर राणा र म्याक्स मनीका प्रमुख कार्यकारी अधिकृत मो.अविद हमिदले मेलेसियाको क्वालालम्पुरमा उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन्। साथै दुबै संस्थाका प्रतिनिधिले मलेसियाबाट विप्रेषण सेवा पुनः सुचारु गर्ने नयाँ सम्झौतापत्रमा पनि हस्ताक्षर गरेका छन्।
हिमालयन बैंक लिमिटेड र म्याक्स मनीले आउँदा दिनहरुमा पनि सम्झौता पत्रमा उल्लेखित प्रावधानहरुमा रही अघि बढ्ने जनाएका छन्।
3
Shares
प्रतिक्रिया