ad ad

कारोबार


जाम नेपालको नयाँ कार्यसमिति चयन

नेपालखबरकर्मी वसन्त अर्याल कोषाध्यक्ष
जाम नेपालको नयाँ कार्यसमिति चयन

नेपालखबर
भदौ ८, २०८० शुक्रबार ११:६, काठमाडौँ

जर्नालिस्ट एसोसिएसन अफ अटोमोबाइल्स मोबिलिटी (जाम) नेपालको नयाँ नेतृत्व चयन भएको छ। बिहीबार काठमाडौंमा सम्पन्न जामको दोस्रो साधारणसभाले सागर गजुरेलको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो। 

एक दशकभन्दा बढी अटोमोबाइल्स क्षेत्रमा कलम चलाइरहेका गजुरेल मेरो अटो डटकममा आबद्ध छन्।

यसैगरी जामको उपाध्यक्षमा आर्थिक आवाज डटकमका पत्रकार सुरेन्द्र पौडल चयन भएका छन् भने महासचिवमा अटोमोबाइल म्यागेजिनका पत्रकार तोयानाथ पौडेल चुनिएका छन्। 

जामको सचिवमा रातोपाटी डटकमका पत्रकार प्रयास श्रेष्ठ  र कोषाध्यक्षमा नेपाल खबरडटकमका पत्रकार वसन्त अर्याल चयन भएका छन्। 

जामको कार्यसमिति सदस्यहरुमा अटो नेपाल म्यागेजिनका पत्रकार रोशन श्रेष्ठ, चाणक्य पोस्ट डटकमका उज्ज्वल घिमिरे, मेरो लगानी डटकमका युवराज बस्नेत, नेपाल ड्राइभ डटकमका सौरभ नेपाल, क्यापिटल नेपाल डटकमका सुधीर भण्डारी, बिजमान्डु डटकमका शुक्र गिरी र क्लिकमान्डु डटकमका पत्रकार आरिश्मा मोक्तान चयन भएका छन्।

जामको नवनिर्वाचित कार्यसमितिको पदावधि दुई वर्षको हुनेछ। 

यसअघिको जामको अध्यक्षमा उज्ज्वल जंग शाह थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .