ad ad

कारोबार


व्यवसायी भन्छन् : राष्ट्रिय हितका लागि प्याज तथा गोलभेडाको खपत कम गर्नुपर्छ

व्यवसायी भन्छन् : राष्ट्रिय हितका लागि प्याज तथा गोलभेडाको खपत कम गर्नुपर्छ

नेपालखबर
भदौ ८, २०८० शुक्रबार १३:४७, काठमाडौँ

नेपाल कृषि उपज आलु प्याज आयात–निर्यात तथा थोक विक्रेता संघका महासचिव प्रकाश गजुरेलले प्याज तथा गोलभेडामा उपभोक्ताहरुले संयमताका साथ खपत कम गर्नुपर्ने बताएका छन्।

महासचिव गजुरेलले विश्व बजारमा नै प्याज अभाव भएकाले ९० प्रतिशत आयात गर्ने देश नेपालमा उपभोक्ताहरुले राष्ट्रिय हितका लागि भएपनि प्याज खपत कम गर्नुपर्ने बताएका हुन्।

उनले विश्व आर्थिक मन्दीको अवस्थामा रहेको बेलामा नेपालीहरुले मूल्य वृद्धि सन्तुलनको लागि दैनिक आवश्यक वस्तु चामल, तरकारी बाहेकका वस्तुको खपत केटौति गर्नुपर्ने बेला आएको बताए। उनले आम नेपाली उपभोक्ताले राष्ट्रिय हितको लागि भएपनि सोच्नुपर्ने बेला आएको बताए।

न्युज एजेन्सी नेपालसँग कुरा गर्दै उनले विश्व वजारमा प्याज अभाव भइरहेको बेला ९० प्रतिशत वस्तुहरु आयात गर्ने देशले प्याज लगायातका वस्तुलाई खपत कम गर्ने अभियान चलाउन आवश्यक देखिएको बताए। उनले सरकारले पनि प्याज तथा गोलभेडा जस्ता तरकारीजन्य कृषि उपजका वस्तुहरु आन्तरिक उत्पादनमा जोड दिन आवश्यक रहेको बताए।

उनले भने, ‘प्याज खपतलाई कम गर्न आम उपभोक्ताले पनि संयमता अपनाएर अलिकति कम खपत गरिदिनुभयो भने  देशको लागि र आन्तरिक उत्पादनलाई जोड दिनुपर्छ। विश्व अर्थतन्त्रमा परेको असरले भनेर आयातलाई रोकिसकेपछि त हामी कहाँ उत्पादन गर्ने प्रविधि के त भनेर राज्यले ल्याउनुपर्ने हो। अहिलेसम्म राज्यले पोलिसीहरु ल्याएको त देखिँदैन।’

उनले विश्व बजारबाट आयात हुने वस्तु प्रतिवन्ध हुँदा आन्तरिक खपतको लागि आवश्यक उपाय राज्यले सोच्नुपर्ने बताए। उजले राज्यको नीतिगत कमजोरीका कारण कृषि उपज वस्तुहरुको आन्तरिक उत्पादन वृद्धि गरी आत्मनिर्भर हुन समस्या भइरहेको भन्दै स्थिर नीति आवश्यक रहेको उल्लेख गरे।

उनले भने, ‘हामीकहाँ नभएको चिजहरु, जसरी अहिले विश्व आर्थिक आक्रान्त अवस्थामा छ। यो अवस्थामा बढिरहेको अत्यधिक मूल्य वृद्धिलाई सन्तुलनमै मिलाउनका लागि भएपनि दैनिक नभई नहुने दाल भात, तरकारी बाहेकका कुरालाई सकेसम्म कटौति गरेर यो राष्ट्रिय हितका लागि पनि सम्भावना बोकेको हुनाले गर्न सकिने कुरा रह्यो। आह्वान गर्न सकिन्छ। कत्तिको सहज रुपमा लिनुहुन्छ, उपभोक्तामा भर पर्ने कुरा हो।’

विश्व बजारमा अभाव भइरहेको बेला, चरम आर्थिक मन्दी भइरहेको बेलामा धेरै जसो ९० प्रतिशत इम्पोर्ट गर्ने वस्तुलाई खपत कम गरौं, उपभोग कम गरौं भन्न सकिन्छ।

उनले विश्व बजारमा नै प्याजको मूल्य वृद्धि भएको भन्दै मूल्य घटाउने उपाय नभएको बताए। उनले प्याज आयातमा असहजता रहेकाले पनि प्याजको मूल्य वृद्धि उच्च रुपमा भएको बताए। उनले कालोबजारी बढ्ने खतरा भएपनि अहिले व्यवसायीहरुले गोदाममा समेत प्याज नभएको बताउने गरेको उल्लेख गरे।

उनले बजारमा कृषिजन्य वस्तुहरुको मूल्य वृद्धि उच्च हुँदा मुलुकमा आयात नगर्ने नीति राज्य बनाउन आवश्यक रहेको बताए। उनले व्यवसायिक सहजताको लागि राज्यको नीतिगत व्यवस्था राम्रो हुन आवश्यक रहेको बताए।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .